मंगलबार, असोज १५ गते २०८१    
images
images

रासायनिक मललाई भन्सार जाँचपासमा प्राथमिकता दिन कृषिमन्त्री अधिकारीको निर्देशन

images
मंगलबार, साउन २२ २०८१
images
images
रासायनिक मललाई भन्सार जाँचपासमा प्राथमिकता दिन कृषिमन्त्री अधिकारीको निर्देशन

'रासायनिक मलको भन्सार जाँचपासमा ढिलासुस्ती हुँदा कृषकले मल अभावको सास्ती भोग्नुपर्ने हुन्छ। त्यसैले जाँचपासमा उच्च प्राथमिकतामा राखेर छिटोछरितो बनाउनुहोला', मन्त्री अधिकारीले भने।

images
images

पर्सा- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले विदेशी मुलुकबाट आयात हुने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियालाई उच्च प्राथमिकतामा राख्न वीरगञ्जका दुवै भन्सार कार्यालय प्रमुखलाई निर्देशन दिएका छन्।

images
images
images

आज सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको छुट्टाछुट्टै अनुगमन गर्दै मन्त्री अधिकारीले आयातीत रासायनिक मलको भन्सार जाँच प्रक्रियालाई सहज र सरल बनाउनसमेत आग्रह गरे।

'रासायनिक मलको भन्सार जाँचपासमा ढिलासुस्ती हुँदा कृषकले मल अभावको सास्ती भोग्नुपर्ने हुन्छ। त्यसैले जाँचपासमा उच्च प्राथमिकतामा राखेर छिटोछरितो बनाउनुहोला', मन्त्री अधिकारीले भने।

images

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले रासायनिक मलको प्राविधिक जाँचको रिपोर्ट आउनेबित्तिकै भन्सार पास हुने गरेको जानकारी बताए। 'विदेशी मुलुकबाट आयात गरिने रासायनिक मलको ल्याबमा प्राविधिक जाँच गर्नुपर्ने हुन्छ', उनले भने, 'प्रयोगशालामा मलको जाँच नगरिकन कृषकलाई वितरण गर्न मिल्दैन। त्यसैले रिपोर्ट आएपछि सोहीअनुसार छिटोछरितो काम गरिरहेका छौँ।'

images

एकीकृत जाँचचौकीमा भारतबाट मालवाहक सवारीसाधन तथा टे«लरमा रासायनिक मल र अन्य वस्तु तथा सामान आउने गरेको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख धनबहादुर बरुवालले कार्गाेबाट आउने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियामा आवश्यक सहजीकरण भइरहेको जानकारी दिए।

कृषि सचिव दीपककुमार खरालले केरा र अन्य फलफूलको ‘एचएस कोड’ एउटै हुँदा स्वदेशी केराखेती गर्ने कृषक मर्कामा परेकाले पनि यो समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरे।

मन्त्री अधिकारीले आजै खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, क्वारेन्टाइन कार्यालय (आईसीपी) र कृषि सामग्री केन्द्र प्रादेशिक कार्यालयलगायतको अनुगमन गरेका थिए। रासस


प्रकाशित : मंगलबार, साउन २२ २०८११८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend