मंगलबार, असोज १५ गते २०८१    
images
images

आज सार्वजनिक हुँदै टाटाको नयाँ डिजाइनयुक्त कर्भ ईभी, कहिले आउला नेपाल?

images
बुधबार, साउन २३ २०८१
images
images
आज सार्वजनिक हुँदै टाटाको नयाँ डिजाइनयुक्त कर्भ ईभी, कहिले आउला नेपाल?

कर्भ ईभी स्ट्यान्डर्ड र लङ रेन्ज भेरियन्टमा आउने छ। स्ट्यान्डर्ड भेरियन्टमा ४०.५ किलोवाट आवरको ब्याट्री प्याक हुने र त्यसले एकपटकको फुल चार्जमा ४ सय ६५ किलोमिटर रेन्ज दिनेछ।

images
images

काठमाडौं- टाटा मोटर्सले उत्पादन गरेको नयाँ डिजाइनयुक्त एसयूभी कर्भ आज सार्वजनिक गर्दै छ। कुपे डिजाइन बनेको कर्भ ईभी र आईसी इन्जिन दुवै अप्सनमा बजारमा आउँदै छ। 

images
images
images

दुई साताअघि टाटा मोटर्सले कर्भ ईभी र आईसीई दुवै भर्सनको डिजाइन सार्वजनिक गरेको थियो। डिजाइन सार्वजनिक गर्दै टाटा मोटर्सले कर्भ ईभी अगस्ट ७ मा बजारमा बिक्रीका लागि उपलब्ध गराउने घोषणा गरेको थियो। 

डिजाइनका आधारमा समान रहेको यो कुपे कार विद्युतीय र पेट्रोलियम इन्जिन दुवै भर्सनमा ल्याएर कम्प्याक्ट एसयूभी सेगमेन्टमा भारतमा प्रतिस्पर्धीमात्र ल्याएको छैन, टाटा मोटर्सले ठूलै अपेक्षासमेत राखेको छ। 

images

आईसीई कर्भको तुलनामा ईभीमा केही फरक भने छन्। कर्भ ईभीमा एलईडी बीएलआर सिग्नेचर, कनेक्टेड एलईडी लाइट बार, हेडलाई फरक खालको दिइएको छ। यता आईसीई कर्भमा ग्रिल एरिया धेरै रहेको जसले इन्जिन चिस्याउन मद्दत गर्छ भने ईभीमा कुलिङको त्यति धेरै जरुरत नपर्ने भएकाले धेरै भाग कभर गरिएको छ।

images

कर्भ ईभीमा ६ वटा एयरब्याग, अगाडि र पछाडि पार्किङ सेन्सर, ३६० डिग्री क्यामरा, अटो होल्डसहित इलेक्ट्रोनिक पार्किङ ब्रेक, सबै डिस ब्रेक तथा टाटाको आईआरए २।० कनेक्टेड टेक्नोलोजीलगायत सुरक्षा विशेषता रहेका छन्। 

त्यस्तै कर्भ ईभीमा लेवल टू एबीएस(एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम) पनि उपलब्ध रहेको छ। अर्को महत्वपूर्ण कुरा टाटा कर्भ ईभी र आईसीई दुवैले भारत एनसीएपी सेफ्टी परीक्षणमा फाइभ स्टार रेटिङ पाएका छन्। सुरक्षामा टाटाका कारहरु अब्बल ठहरिँदै आएका छन्। कर्भ ईभीले चाइल्ड र एडल्ट दुवैमा फाइभ स्टार रेटिङ पाएको बताइएको छ।

lagubitta.jpg

टाटा मोटर्सले पन्च ईभीपछि कर्भ ईभीमा लोगो नजिकै चार्जिङ पोर्ट राखिएको छ। 

कर्भ ईभी स्ट्यान्डर्ड र लङ रेन्ज भेरियन्टमा आउने छ। स्ट्यान्डर्ड भेरियन्टमा ४०.५ किलोवाट आवरको ब्याट्री प्याक हुने र त्यसले एकपटकको फुल चार्जमा ४ सय ६५ किलोमिटर रेन्ज दिनेछ। त्यस्तै लङ रेन्ज मोडलमा ५५ किलोवाट आवरको ब्याट्री प्याक हुने र यसले एकपटकको फुल चार्जमा ५ सय ५० किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ। 

टाटाले तयार पारेको ईभी प्लेटफर्म एक्टिभमा आधारित रहेर पन्चपछि कर्भ ईभी उत्पादन गरेको हो। टाटा मोटर्सले मूल्यलगायत अन्य विशेषता बारे कार सार्वजनिक गरेसँगै उल्लेख गर्नेछ। 

टाटा मोटर्सले नेक्सन ईभीपछि टिगोर ईभी, टियागो ईभी र पन्च ईभी सार्वजनिक गरिसकेको छ। पन्च ईभीबाट टाटाले डेडिकेडेड ईभी प्लेटफर्म एक्टिभ प्रयोगमा ल्याएको हो। उक्त प्लेटफर्मलाई परिमार्जन गर्दै टाटाले अझ उत्कृष्ट पर्फमेन्स दिने ईभी ल्याउने जनाएको छ। 

नेपाली बजारमा टाटाको पन्च ईभी अर्को महिना हुने नाडा अटो शो २०२४ मा सार्वजनिक हुनेछ। अहिले टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभीको ‘रियल टाइम रोड टेस्टिङ’ गरिरहेको छ। नेक्सन ईभीपछि टियोर ईभी, टियागो ईभी बिक्री भइरहेको छ। 

नाडा अटो शोमा पन्च ईभी सार्वजनिक गर्ने तयारी गरेको सिप्रदीले टाटा कर्भ ईभी कहिले नेपाल आइपुग्छ भन्ने यकिन गरेको छैन। भारतमा आज सार्वजनिक भएपछि सिप्रदीले नेपाल ल्याउने बारे छलफल गर्नेछ। आगामी चार्डपर्वको सिजनमा टाटा कर्भ ईभी ल्याउने पहलमा सिप्रदी लागि पर्ने अनुमान गरिएको छ। 


प्रकाशित : बुधबार, साउन २३ २०८१०९:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend