मंगलबार, असोज १५ गते २०८१    
images
images

कृषि औजार कारखानाबारे अध्ययन गरेर निर्णय गरिने

images
मंगलबार, साउन २२ २०८१
images
images
कृषि औजार कारखानाबारे अध्ययन गरेर निर्णय गरिने

'कृषि औजार कारखाना वीरगञ्जमा निकै पुराना खालका औजारका मेसिन छन्। त्यसैले अब आधुनिक मेसिन जडान गरेर साना खालका कृषि औजार उत्पादन गर्न आवश्यक छ', राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भने।

images
images

पर्सा- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले वीरगञ्जस्थित कृषि औजार कारखानाको विषयमा सरकारले गर्नसक्ने सहयोगबारे विस्तृत अध्ययन र छलफल गरेर आवश्यक निर्णय गर्ने बताएका छन्। 

images
images
images

मन्त्री अधिकारीले आज कारखानाको स्थलगत अनुगमन गरेका छन्। उनले भने, 'कारखानाको विषयमा आगामी दिनमा मन्त्रालयमा घनीभूत रुपमा छलफल गरेर के सहयोग गर्न सकिन्छ। सो विषयमा आवश्यक निर्णय गरिनेछ।'

उनले कृषि औजार कारखानाको विषयमा पर्याप्त जानकारी भएपछि मात्रै निर्णय गर्न सहज हुने धारणा राखे। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र कृषि औजार कारखाना वीरगञ्जका इन्चार्ज तथा इन्जिनियर रितेश देवले केन्द्रले सञ्चालन र व्यवस्थापन गर्दै आएको कारखानाको विषयमा मन्त्री अधिकारीलाई जानकारी गराएका थिए।

images

केन्द्रका अध्यक्ष पुनले सरकारसँग हातेमालो गरेर अघि बढ्न चाहेको बताए। 'अहिलेसम्म जे-जे भयो। सबै कुरा बिर्सिएर अब नयाँ सोच र ढंगबाट अघि बढ्न जरुरी छ,' उनले भने, 'कृषि औजार कारखाना वीरगञ्जमा निकै पुराना खालका औजारका मेसिन छन्। त्यसैले अब आधुनिक मेसिन जडान गरेर साना खालका कृषि औजार उत्पादन गर्न आवश्यक छ।'

images

कृषि औजार कारखाना सञ्चालन समितिका संयोजक तथा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले  विसं २०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालन गर्न केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।

'केन्द्रले योजना निर्माण, जनशक्ति विकास र कृषि औजार उत्पादन तथा बजारीकरण गर्नेछ,' उनले भने, 'कारखानाबाट उत्पादित सामग्री करपछिको रकम ५० प्रतिशत राष्ट्रिय आविष्कार केन्द्र कोष खडा गरी राखिनेछ भने बाँकी ५० प्रतिशत सरकारको राजस्व ढुकुटीमा जम्मा गर्नुपर्ने व्यवस्था छ।'

सरकारले विसं २०७९ असोज ११ गते वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका थिए। केन्द्रले कारखाना जिम्मा लिएको २२ महिनामा  १८-२० थरीका कृषि औजार तथा उपकरण तयार पारेको छ।

केन्द्रले औपचारिकरुपमा विसं २०७९ माघ महिनामा काम सुरु गरेको थियो। वीरगञ्जस्थित कृषि औजार कारखानाका इन्चार्ज रितेश देवले केन्द्रले छोटो अवधिमा कारखानामा रहेका पुराना र जीर्ण उपकरण मर्मतसम्भार गरी सञ्चालन गर्नसक्ने अवस्थामा ल्याएको बताए।

केन्द्रका अध्यक्ष पुनले ३० वर्षदेखि बन्द कारखानालाई सञ्चालन गर्न आफ्नो आत्मवृत्तान्त ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक देशव्यापी रुपमा बिक्री गरिरहेका छन्। अध्यक्ष पुनले हालसम्म एक लाख २० हजार पुस्तक बिक्री भइसकेको जानकारी दिए। पुस्तक बिक्रीबाट दुई करोड रूपैयाँ कृषि कारखानामा खर्च भइसकेको उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, साउन २२ २०८११६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend