शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

फास्ट ट्र्याकअन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया नदीमा आठवटा पुल निर्माण हुँदै

images
मंगलबार, साउन २२ २०८१
images
images
फास्ट ट्र्याकअन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया नदीमा आठवटा पुल निर्माण हुँदै

ललितपुरको खोकनाबाट बाराको निजगढसम्मको द्रुतमार्गअन्तर्गत विभिन्न स्थानमा १२ दशमलव ८ सय ८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन्।

images
images

मकवानपुर- काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाअन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया नदीमा आठ वटा पुल निर्माण हुँदैछ।

images
images

दुई वटा पुल प्याकेज ३ अन्तर्गत निर्माण भइरहेका छन्। हाल आठ वटै पुल निर्माण भइरहेका छन्। निर्माणाधीन सबै पुल आगामी दुई वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ।

images
images

ललितपुरको खोकनाबाट बाराको निजगढसम्मको द्रुतमार्ग ७० दशमवल नौ सय ७७ किलोमिटर लामो छ। सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन्।

images
images

द्रुतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ।

आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल  ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन्। बाँकी चार पुल खोकना क्षेत्रमा छन्। सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको छ। रासस


प्रकाशित : मंगलबार, साउन २२ २०८११५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend