शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

तेह्रथुमबाट एक वर्षमा ५३ करोडको गोलिया काठ बिक्री

images
मंगलबार, साउन २२ २०८१
images
images
तेह्रथुमबाट एक वर्षमा ५३ करोडको गोलिया काठ बिक्री

यस्तै राष्ट्रिय वनको गैरकाष्ठ वन पैदावार जडीबुटी गत आर्थिक वर्षमा २४ हजार छ सय किलो यहाँबाट निर्यात भएको छ। त्यसबाट मूल्य अभिवृद्धि करबापत ३३ हजार सातसय रूपैयाँ संकलन भएको छ।

images
images

तेह्रथुम- यहाँबाट आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड रूपैयाँ मूल्य बराबरको गोलिया काठ निर्यात भएको छ।

images
images

गोलिया काठ निर्यातबापत संघीय सरकारलाई सात करोड ३१ लाख ६९ हजार रूपैयाँ मूल्य अभिवृद्धि कर संकलन भएको छ भने ७८ लाख ८५ हजार तीनसय रूपैयाँ प्रदेश सेवा शुल्कबापत राजस्व संकलन भएको छ।

images
images

गत आर्थिक वर्षको १२ महिनामा तेह्रथुमका निजी वनबाट २६ लाख ४१ हजार एक सय ८६ क्युफिट गोलिया काठ जिल्लाबाहिर निर्यात भएको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल प्रमुख उधिमप्रसाद राईले बताए। उनका अनुसार निर्यात भएका सबै गोलियालाई सरकारी दरमा हिसाब गर्दा त्यति मूल्यको पर्ने देखिन्छ। 'बाहिर बजारमा सरकारी दरभन्दा बढीमा पनि कारोबार हुने भएकाले हामीले हिसाब गरेकोभन्दा अझै बढी मूल्यको गोलिया हुन जान्छ।'

images
images

निर्यात हुने गोलियामा ९० प्रतिशत ‘बी’ ग्रेडका उतिसका रूख हुने गर्छन्। गोलियाको गुणस्तर अनुसार ‘ए’ ग्रेड र ‘बी’ ग्रेडमा छुट्याइएको छ। त्यसमा काठ व्यवसायीले ‘ए’ ग्रेडको उतिसको ४५ रुपैयाँ ५० पैसा प्रतिक्युफिट मूल्य अभिवृद्धि कर तिरेका छन् भने ‘बी’ ग्रेडको ३२ रुपैयाँ ५० पैसा तिरेका छन्।

पछिल्लो समय वैदेशिक रोजगारी तथा अन्य कारणले तेह्रथुमका गाउँगाउँका जनसङ्ख्या घट्दो छ। बाँझिएका खेतबारीमा आफै उम्रिने रूखहरु आठ-दश वर्षमा गोलिया बेच्न लायक हुने गरेको वन पैदावार व्यवसायी संघका अध्यक्ष उत्तम लिम्बूले बताए। उनले सो व्यवसाय गरेर स्थानीय १२ जनालाई रोजगारी दिइरहेको बताए। यहाँबाट निर्यात हुने गोलिया काठमा सबैभन्दा बढी उतिस रहेको भने केही मात्रामा चिलाउने, मलातो, पात्ले रहेको छ।

त्यसैगरी, राष्ट्रिय वनको गैरकाष्ठ वन पैदावार जडीबुटी गत आर्थिक वर्षमा २४ हजार छ सय किलो यहाँबाट निर्यात भएको छ। त्यसबाट मूल्य अभिवृद्धि करबापत ३३ हजार सातसय रूपैयाँ संकलन भएको छ। तेह्रथुमबाट निर्यात हुने जडीबुटीहरुमा मजिटो, चिराइतो, लोक्तालगायत रहेका छन्। रासस


प्रकाशित : मंगलबार, साउन २२ २०८११५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend