शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

बागलुङमा पहिरोमा परी सातजनाको मृत्यु, चारजनाको उद्धार

images
मंगलबार, साउन २२ २०८१
images
बागलुङमा पहिरोमा परी सातजनाको मृत्यु, चारजनाको उद्धार

पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ। उनीहरू घाइते छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

images
images

बलेवा- बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ।

images
images
images

आज बिहान बडिगाड गाउँपालिका-९ मा एक घर पुरिँदा दुईजना र सोही पालिकाको वडा- १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँचजनाको मृत्यु भएको हो। आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये ६ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।

images
images

पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ। उनीहरू घाइते छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। रासस

images
images


प्रकाशित : मंगलबार, साउन २२ २०८११५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend