शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

कैलालीका १५ नदीमा तटबन्ध निर्माण, २१ करोड खर्च

images
मंगलबार, साउन २२ २०८१
images
कैलालीका १५ नदीमा तटबन्ध निर्माण, २१ करोड खर्च

प्रदेश सरकारअन्तर्गत सात र संघ ससर्त अनुदानबाट आठ गरी १५ नदीमा तटबन्धको काम सम्पन्न भएको हो ।

images
images

गोदावरी- कैलालीको चुरे भएर दक्षिणतिर बग्ने १५ नदीमा तटबन्ध निर्माण गरिएको छ। प्रदेश सरकारअन्तर्गत सात र संघ ससर्त अनुदानबाट आठ गरी १५ नदीमा तटबन्धको काम सम्पन्न भएको हो । 

images
images
images

प्रदेश सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको १८ करोड ९३ लाख रूपैयाँ बजेटबाट कटैनी गौरीगंगा, शिवगंगा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाड गरी सात नदीमा कटान नियन्त्रण तथा रोकथाम गर्न ठेक्का सम्झौताद्वारा तटबन्ध निर्माण गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ।

images
images

कार्यालयले दिएको जानकारी अनुसार गौरीगंगा नगरपालिकास्थित कटैनी नदीमा दुई सय ८०, गौरीगंगामा दुई सय ३०, शिवगंगामा एक सय ६५ र कैलालीको घुराहा नदीमा एक सय ५० गरी आठ सय २५ मिटरका लागि तीन करोड रूपैयाँमा ठेक्का सम्झौताद्वारा तटबन्ध सम्पन्न भएको छ।

images
images

घोडाघोडी नगरलालिकास्थित कान्द्रा नदीमा नौ करोड रूपैयाँ, बर्दगोरिगा गाउँपालिकाको काँडा नदीमा पाँच करोड रूपैयाँ र मोहन्याल गाउँपालिका-४ खिमडीस्थित ठूलीगाडमा एक करोड ९३ लाख रूपैयाँको लागतमा तटबन्ध निर्माणको काम भएको डिभिजन कार्यालयका इञ्जिनियर तथा सूचना अधिकारी ललितबहादुर मालीले जानकारी दिए।

यसैगरी गत आव २०८०/८१ मा संघको ससर्त अनुदानबाट दुई करोड २५ लाख रूपैयाँमा आठ नदीमा उपभोक्ता समितिमार्फत नदी कटान तथा नियन्त्रणको काम सम्पन्न भएको सूचना अधिकारी मालीले जानकारी दिए।

उनका अनुसार बर्दगोरिया-१ स्थित काँडानदीमा ४० लाख रूपैयाँ, कुइरा नदीमा ३० लाख रूपैयाँ, गौरीगंगा-४ स्थित खुरखुरिया नदीमा २५ लाख रूपैयाँ, लिक्मा नदीमा २५ लाख रूपैयाँ, कटैनीखोलामा २५ लाख रूपैयाँ, मोहन्यालको ताम्चा खोलामा २५ लाख रूपैयाँ, टीकापुर-८ सत्तीपुलदेखि दक्षिण श्रीलंका टोलमा २५ लाख रूपैयाँ र गोदावरी नगरपालिका-४ खैराना नदीमा ३० लाख रूपैयाँको लागतमा तटबन्धको काम सम्पन्न भएको हो। रासस


प्रकाशित : मंगलबार, साउन २२ २०८११३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend