शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

देशको विकासका लागि प्रभावकारी ढंगले काम गर्न वर्तमान सरकार क्रियाशील छ : उपप्रधानमन्त्री सिंह

images
मंगलबार, साउन २२ २०८१
images
देशको विकासका लागि प्रभावकारी ढंगले काम गर्न वर्तमान सरकार क्रियाशील छ : उपप्रधानमन्त्री सिंह

उनले फोहरमैला व्यवस्थापन, खुला क्षेत्र, सडक, यातायात व्यवस्थापनलगायत क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने उल्लेख गरे।

images
images

काठमाडौं- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढंगले काम गर्ने उद्देश्यले गठन भएको बताएका छन्।

images
images
images

सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले बारम्बार सरकार परिवर्तनले जनतामा निराशा बढ्दै गएका बेला उनीहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने देशका दुई ठूला दलले सत्ता साझेदारी गरेका बताए। उपप्रधानमन्त्री सिंहले भने, 'सरकारको राजनीतिक सन्देश जनजीविकाका सवालमा प्रभावकारी काम गर्नुपर्छ भन्ने छ।'

images
images

फरक प्रसंगमा उनले सहरी क्षेत्रका समस्या समाधानका लागि सुधारका धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि नीतिगत सुधार र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले फोहरमैला व्यवस्थापन, खुला क्षेत्र, सडक, यातायात व्यवस्थापनलगायत क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने उल्लेख गरे।

images
images

कार्यक्रममा उक्त मन्त्रालयका निमित्त सचिव पद्यकुमार मैनालीले मन्त्रालयबाट हालसम्म भएका कामबारे जानकारी दिएका थिए। रासस


प्रकाशित : मंगलबार, साउन २२ २०८११२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend