बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

१५ लाख खर्चिएर पहिरोले बगाएको सिँचाइ नहर मर्मत

images
मंगलबार, साउन २२ २०८१
images
images
१५ लाख खर्चिएर पहिरोले बगाएको सिँचाइ नहर मर्मत

सिँचाइ आयोजनाबाट सार्दिखोलाको एक सय र पुरुनचौरका तीन सय ५० हेक्टर जमिन सिँचाइ हुँदै आएको छ।

images
images

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोला र पोखरा महागनरपालिका-१९ पुरुनचौरको मुख्य सिँचाइ नहर सञ्चालनमा आएको छ। गत असार १७ गते राति पहिरोले क्षति पुगेको सिँचाइ नहर पुनःनिर्माणपछि सोमबार ३५ दिनपछि सञ्चालनमा ल्याइएको हो।

images
images

सार्दिखोला पुरुनचौर सिँचाइ आयोजनाको नहर पुरुनचौरको स्थानीपातल तथा सार्दिखोलाका विभिन्न आठ स्थानमा पहिरोले क्षति पुर्‍याएको थियो। धान रोप्ने बेलामा सिँचाइ नहर पहिरोले बगाएपछि किसानले आकाशको पानीमा निर्भर रहेर दुःखका साथ रोपाइँ गरेका थिए। धान रोपाइँ गरे पनि रोपेको धान मर्न थालेपछि किसान चिन्तित बनेका थिए।

images
images

रोपेको धानमा पानी अभावमा सिँचाइ हुन सकेको थिएन। सिँचाइ आयोजनाबाट सार्दिखोलाको एक सय र पुरुनचौरका तीन सय ५० हेक्टर जमिन सिँचाइ हुँदै आएको छ।

images
images
images

पुरुनचौरका स्थानीय अगुवा दीपक पौडेलले स्थानीयवासीको अथक प्रयासपछि सिँचाइ नहर सञ्चालनमा आएको बताए। मेसिन र मौसमका कारणले नहर सञ्चालमा ढिलाइ भएको पौडेलले बताए। नहर सञ्चालन भएर खेतमा पानी लगाउन पाएपछि किसानमा खुसीयाली छाएको छ। सो नहरको पानी सार्दिखोला र पुरुनचौरमा साँझ-बिहान पालो लगाएर खेतमा लगाउने गरिएको छ।

पौडेलले नहर पुनःनिर्माणका लागि १५ लाख रूपैयाँ खर्च भएको बताए। नहर पहिरोले बगाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका प्रमुख धनराज आचार्यलगायतले स्थलगत निरीक्षण गरी किसानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

'प्रदेश सरकार र महानगरबाट नहर पुनःनिर्माणका लागि सहयोगको प्रतिबद्धता प्राप्त भएको छ। अहिले हामी आफै उपभोक्ताले केही रकम संकलन गरेर काम सम्पन्न गरेका छौँ। अब नहर सञ्चालन भएको छ, सरकारले दिने भनेको पैसाका लागि प्रक्रिया अघि बढाउँछौँ', पौडेलले भने।

सार्दिखोला पुरुनचौर सिँचाइ विसं २०५२ मा निर्माण गरिएको हो। माछापुच्छ्रे-२ सार्दिखोलाको पानी पाँच किमी लामो नहरमार्फत ल्याएर पुरुनचौर र सार्दिखोलाको भुर्जुङखोलाको जमिनमा सिँचाइ गरिँदै आइएको छ। रासस


प्रकाशित : मंगलबार, साउन २२ २०८११२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend