बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

अन्तरआबद्धतालाई प्रभावकारी बनाउन एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्दै चन्द्रागिरि

images
मंगलबार, साउन २२ २०८१
images
images
अन्तरआबद्धतालाई प्रभावकारी बनाउन एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्दै चन्द्रागिरि

टेलिकमले नगरपालिकाको सूचना प्रवाहका लागि विभिन्न चोकमा डिजिटल बोर्डको पनि व्यवस्था गर्ने सम्झौतापत्रमा उल्लेख छ।

images
images

काठमाडौं- चन्द्रागिरि नगरपालिकाले आफ्ना मातहतका सेवा प्रदायक निकायलाई एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्ने भएको छ। वडा कार्यालय, स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र, नगर अस्पताल र सामुदायिक विद्यालयका गतिविधि सूचना प्रविधिका माध्यमबाट जोडिन लागेका हुन्।

images
images

यसका  लागि  नगरपालिकाले नेपाल टेलिकमसँग अन्तरसरकारी निकाय सम्झौता (जीटुजी) अवधारणाअन्तर्गत द्विपक्षीय सम्झौता गरेको छ। सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी र टेलिकम बागमती प्रदेश निर्देशक रीना डंगोलले सम्झौतापत्रमा हस्ताक्षर गरे।

images
images

सम्झौताअनुसार नगरपालिका कार्यालय र अन्तर्गतका १५  वडा कार्यालय, १५  स्वास्थ्यचौकी तथा सहरी स्वास्थ्य केन्द्र, २४  सामुदायिक विद्यालय र एक नगर अस्पतालमा इन्ट्रानेट लिज लाइन, इन्टरनेट सेवा र सीसीटिभी कनेक्टिभिटीलगायत सेवा टेलिकमले प्रदान गर्नेछ। यसका साथै दुई सयभन्दा बढी सार्वजनिक स्थानमा ‘वाइफाइ हटस्पट’को सेवा पनि टेलिकमले प्रदान गर्नेछ।

images
images
images

टेलिकमले नगरपालिकाको सूचना प्रवाहका लागि विभिन्न चोकमा डिजिटल बोर्डको पनि व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ।

नगरप्रमुख गिरीले नगरपालिकाले प्रदान गर्ने डिजिटल सेवा तथा जीपीएस/जीआईएससहितको नगर प्रोफाइलका सेवा अवलम्बन गर्न यस सम्झौताले पूर्वाधार र सहजीकरणको भूमिका खेल्ने बताए। 'नगरपालिकाले आफ्नै सर्भरको पनि व्यवस्था गर्न लागेको छ। यसबाट  डिजिटल घर नक्सा सेवा तथा अन्य सेवा पनि सुरक्षित रहने छ', उनले भने।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिका मातहतका कार्यालय, विद्यालयका गतिविधि अब नगरबाट नै निगरानी गर्न सकिने र अन्तरआबद्धतालाई थप प्रभावकारी बनाउने जानकारी दिँदै यसले नगरलाई थप प्रविधिमैत्री बनाउन सहयोग मिल्ने विश्वास व्यक्त गरे।

उनले भने, 'नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउन नवीनतम् सोचका काम गरिरहेको छ। यसका लागि इन्ट्रानेट लिज लाइन, इन्टरनेट सेवा र सीसीटिभी कनेक्टिभिटीलाई चुस्त बनाउन टेलिकमसँग सहकार्य भएको हो।' रासस


प्रकाशित : मंगलबार, साउन २२ २०८१११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend