बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन

images
सोमबार, साउन २१ २०८१
images
images
बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन

नेपाल फर्कन चाहनेहरुले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूतावासको सम्पर्क ठेगाना पनि दिइएको मन्त्रालयले जनाएको छ।

images
images

काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बंगलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छिन्।

images
images

मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाबारे आज जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरुको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिएकी हुन्।

images
images

त्यसअवसरमा बंगलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पनि जानकारी गराएको मन्त्रीको सचिवालयले जनाएको छ।

images
images
images

मन्त्री डा राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरुको सुरक्षाका लागि उनहरुको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिए।

ढाकास्थित नेपाली दूतावासले बंगलादेशमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आज सूचना जारी गरेको छ।

सो सूचनामा बंगलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका र हाल त्यहाँ करिब चारसय विद्यार्थी रहेका र उनीहरु सुरक्षित रहेका जानकारी पनि दिइएको छ।

सो सूचनामा नेपाल फर्कन चाहनेहरुले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूतावासको सम्पर्क ठेगाना पनि दिइएको मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, साउन २१ २०८११८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend