बुधबार, असोज १६ गते २०८१    
images
images

नक्सालमा चर्चित होटल चेन हिल्टन, 'हिल्टन काठमाडौं'मा यस्ता छन् सुविधा र विशेषता

images
मंगलबार, साउन २२ २०८१
images
images
नक्सालमा चर्चित होटल चेन हिल्टन, 'हिल्टन काठमाडौं'मा यस्ता छन् सुविधा र विशेषता

काठमाडौं उपत्यकाको केन्द्रभाग नक्सालमा अवस्थित यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलोमिटरको दुरीमा रहेको छ।

images
images

काठमाडौं- विश्वकै चर्चित अमेरिकी होटल चेन 'हिल्टन' काठमाडौं नक्सालमा पूर्णरुपमा सञ्चालनमा आएको छ।

images
images
images

काठमाडौंको सबैभन्दा अग्लो यस होटलमा रहेका १ सय ७२ वटा कोठाहरूबाट पाहुनाहरूले हिमालय श्रृंखलाको अतुलनीय मनमाहेक दृश्य अवलोकन गर्नुका साथ व्यक्तिगत तवरमा समेत विशिष्ट अनुभव हासिल गर्न सक्नेछन्। 

हिल्टन काठमाडौंद्वारा नेपालमा अग्रणी आतिथ्य कम्पनीको प्रवेश गराउँदै हिल्टन काठमाडौंकाे भव्य शुभारम्भ भइसकेको छ।

images

काठमाडौं उपत्यकाको केन्द्रभाग नक्सालमा अवस्थित यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलोमिटरको दुरीमा रहेको छ। यहाँबाट ठमेल, दरबारमार्ग जस्ता प्रख्यात पर्यटकीय स्थलहरू केही मिनेटको दुरीमा पर्दछ। जसले गर्दा यो होटल व्यवसायिक तवरमा र छुट्टि मनाउन आउने दुवै किसिमका पर्यटकहरूका लागि उपयुक्त स्थल बनेको छ।

images

नेपालको प्रमखु व्यापारिक घराना शंकर समूहको लगानी रहेको यो अद्वितीय होटलले भारतीय उपमहाद्विपमा हिल्टनको दरिलो विकास र विस्तारमा उल्लेखनीय कोसेढुंगा साबित हुने दाबीसमेत गरिएको छ।

नेपाल उच्च पर्यटक गन्तव्यको रुपमा माग भएको देशमा पर्दछ र साहसिक पर्यटन, धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूका लागि आम पर्यटकहरूमाझ प्रख्यात छ। काठमाडौं उपत्यकाको मटुमा रहेको हिल्टन काठमाडौंको निर्माण शैलीमा नेपालको समकालीन डिजाइनका साथ समृद्ध सम्पदालाई उत्कृष्टताका साथ उतारिएको छ।

hilton naxal kathmandu (2).jpg

काठमाडौंको सबैभन्दा अग्लो र सिसैसिसाको बाह्य भाग भएको एकमात्र होटल, जहाँ लाङटाङ उपत्यकाको हिमाली श्रृङ्खलाहरूको मनोरम दृश्यहरूका साथ सुरुचिपूर्ण निवाससहित विशाल प्रेसिडेन्सियल सुइटसम्मका कोठाहरू प्रदान गर्दछ। अद्भूत, आरामदायी कक्षहरूदेखि प्रेसिडेन्सियल सुइटहरूसम्मको विविधता भएका कोठाहरूमा शान्ति र करुणालाई प्रतिबिम्बित गर्ने प्रार्थनाका ध्वजाहरूबाट प्रेरित छन्। 

यसको बाह्य भागहरूमा सजाइएको ठाडो सिसाका पत्रहरू प्रकाशसँगसँगै रङ बदल्ने किसिमका छन् भने कर्मचारीहरूको पोशाक, प्रतिक्षालय र अन्य अतिथि कक्षहरू सबै परम्परागत नेपाली ढाकाको कपडाले सजाइएका छन्। 

प्राकृतिक प्रकाशमा होटललाई चुर्लुम्म डुबाउने भुइदेखि छतसम्म बिछ्याइएका सिसाका भित्ताहरूसहितको चित्ताकर्षक डिजाइनले हिमाली दृश्यहरूलाई अझ व्यापक बनाइदिन्छन्। 

hilton naxal kathmandu (3).jpg

अवार्ड जितेका आर्किटेक्चरल विशेषताहरू जस्तैः कैन्टिलिभर भएको प्रवेशद्वार, तापक्रम नियन्त्रित रुफटप पूल, चाैबिसै घण्टा खुला रहने डाइनिङ आउटलेटका साथै नेपालका प्राकृतिक छटाहरू र सहरी परिदृश्यहरू सजावटसहितको थप मनोरम दृश्यहरू उपलब्ध छन्।

ब्राण्ड म्यानेजमेन्ट, एशिया प्यासिफिक, हिल्टनका वरिष्ठ उपाध्यक्ष अलकजेण्डर ज्यारिचले भने,‘शताब्दीभन्दा अघिदेखि नै अन्तर्राष्ट्रिय आतिथ्य उद्योगमा हिल्टनको बर्चस्व रहँदै आएको छ, यसैले नेपालमा हाम्रो पहिलो होटल सहरका विशिष्ट पाहुनाहरूका लागि एक महत्वपूर्ण स्थानको रुपमा स्थापना गरिएको छ।

हिल्टन काठमाडौं हाम्रो पोर्टफाेलियाे थपिएको एक अर्को आश्चर्यमय संस्करण हो र अतिथिहरूलाई यो अलौकिक गन्तव्यमा निमग्न गराउन र उनीहरूलाई लाङटाङ हिमालहरूको नाटकीय पृष्ठभूमिमा नेपालको समृद्ध ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको अनुभूति दिलाउन होटललाई हरेक पक्षबाट सावधानीपूर्वक डिजाइन गरिएको छ।

hilton naxal kathmandu (4).jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सामिप्यमा रहेको हिल्टन काठमाडौंबाट पर्यटकीय सहर ठमेलमा पनि सहजै पहुँच राख्न सकिन्छ। हरस्थलमा सहज पहुँच राख्ने स्थानमा रहेकोले यहाँबाट पैदल दुरीमा क्याफेहरू, पबहरू, गेमिङ हबहरू र मनोरञ्जनात्मक स्थलहरू फेला पार्न सकिन्छ। यसका अतिरिक्त होटलबाट नारायणहिटी संग्रहालय र दरबारमार्ग पनि नजिकै रहेको हुँदा काठमाडौंको समृद्ध सांस्कृतिक सम्पदामा पनि सहज पहुँच रहेको छ। 

नेपालमा हिल्टनको परिचयात्मक आतिथ्यतालाई प्रवेश गराउँदै होटलले अतिथिहरूका लागि विशेष अनुभवहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। चाहे यो सामान्य सेवा होस् या जीवनमा गरिने एकपटकको साहसिक कार्यको लागि शेर्पाहरूसँगको समन्वय होस् वा होटलले स्पामा प्रदान गर्ने व्यक्तिगत सुस्वास्थ्यका कार्यक्रमहरू हुन्, अतिथिहरूलाई अद्वितीय लाग्ने नेपालका ती विविध अफरहरूको मज्जा लिन प्रोत्साहित गरिने जनाइएको छ।

हिल्टन काठमाडौंमा भएका अन्य उल्लेख्य विशेषताहरूमा चेक इन/आउटको समयमा लचकता हुनु, कोठाका छनौट र एक्जुकेटिभ लाउन्जमा विशेष पहुँचलगायतको स्तरोन्नतियुक्त सेवाहरू साथै आन्तरिक एवं बाह्य प्रयोजनका उपयुक्त ब्यांक्वेट स्थानहरू रहेका छन्। चाहे घनिष्ठ होस् या भव्य, यी विविधतायुक्त स्थानहरू यात्रुहरूको आवश्यकता अनुकूल हुनेगरी रुपान्तरण हुने गर्छन्।

hilton naxal kathmandu (5).jpg

हिलटन इण्डियाका वरिष्ठ उपाध्यक्ष तथा कन्ट्रि हेड जुबिन सक्सेनाले भने ‘हामी समृद्ध सांस्कृतिक सम्पदा र उल्लेखनीय पर्यटन सम्भाव्यता बोकेको नेपालजस्तो देशमा हाम्रो रणनीतिक प्रवेशका साथ हिल्टन काठमाडौंको शुभारम्भ गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ। यो शुभारम्भसँगै भारतीय उपमहाद्विपमा हिल्टनको पदचिन्ह विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई बल मिलेको छ। हिल्टन काठमाडौंको साथमा हामी हिल्टनको विश्व स्तरीय मापदण्डहरूसँग नेपाली आतिथ्यताको सुगन्धलाई मिसाउँदै अतुलनीय अनुभवहरू प्रदान गर्न कटिबद्ध छौँ।’

शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने ‘हिल्टन जस्तो विश्वव्यापी शक्तिशाली ब्राण्डसँग जोडिँदै काठमाडौंको आकाशमा यो अर्को आकर्षण थप्न पाउनु हाम्रो लागि सम्मानको विषय हो। हामीले होटललाई अत्यन्त सावधानीपूर्वक सिर्जना गरेका छौँ, जसले यो जीवन्त गन्तव्यको भावनालाई समेट्दै ब्राण्डको परिचयात्मक आतिथ्यतालाई मूर्त रुप प्रदान गरेर नेपाली सम्पदालाई उत्सवमय बनाएको छ।' 

उनले भने 'हामी काठमाडौंमा फस्टाउँदै गइरहेको पर्यटन उद्योगको आधारशिला बन्न र विश्वभरका अतिथिहरूलाई स्वागत गर्न तत्पर छौँ। हाम्रो समूहमा गहिरो नेपाली परम्परा छ र हामी हिलटनको विश्वव्यापी ब्राण्डको सामर्थ्यसँग सम्बन्ध गाँसेर यस होटलमा विश्वभरका पाहुनालाई स्वागत गर्न पाउँदा उत्साहित भएका छौँ।’

hilton naxal kathmandu (6).jpg

हिलटन काठमाडौंमा ५ अनुपम डाइनिङ भेन्युहरू उपलब्ध छन्। जसमा स्थानीय परिकारका स्वादहरूदेखि अन्तर्राष्ट्रियस्तरका स्वादहरूको मिश्रणको अनुभवहरू बटुल्न सकिन्छ।

प्रतिक्षालय तहमा द लाभा बक्स र हाभाले फटाफट लिएर जाने खानाहरूदेखि बिस्ट्रोसशैलीका डाइनिङसम्मको विभिन्न स्वादहरू पस्कन्छन्।

तेह्रौँ तल्लामा 'आशा' रहेको छ, जहाँ ताजाताजा सामग्रीहरूबाट सेफहरूले तयार पार्ने व्यक्तिगत परिकारको प्रत्यक्ष कुकिङ्ग स्टेशनहरू देख्न सकिन्छ। ओरियन रुफटप बार, जसको नामाकरण काठमाडौंबाट देखिने नक्षत्रको नामबाट गरिएको छ। त्यहाँ बसेर दिनमा र रातमा हुने परिवर्तनको आश्चर्यजनक दृश्यहरू हेर्न सकिन्छ।

hilton naxal kathmandu (7).jpg

साथै छतमा पूल बार, लायरामा क्याबानाज र सन लाउन्जरहरू रहेका छन्। यो स्थान जादुयी पहाडी दृश्यहरू अवलोकन गरेर अलफ्रेस्को ड्रिन्कहरू र डाइनिङ्गको आनन्द लिन उपयुक्त छ। दिगोपनप्रति हिल्टनको प्रतिबद्धताको एक हिस्सास्वरुप हिल्टन काठमाडौंले विचारशील अतिथिहरूलाई अनुभव उपलब्ध गराउँदा आफ्नो वातावरणीय पदचिन्ह पछ्याउने लक्ष्यका साथ वातावरणमैत्री अभ्यासहरूलाई अंगिकार गरेको छ। 

होटलमा वातावरणमैत्री सुविधाहरू जस्तै इभि चार्ज गर्ने २ वटा स्टेशनहरू र इलेक्ट्रिक सवारीहरूको ग्रीन फ्लीट रहेका छन्। सम्पूर्ण अतिथिहरूको सुरक्षित बसाइ सुनिश्चित गर्न भवनको पूर्वाधारमा जर्मन प्रविधिको भूकम्प प्रतिरोधात्मक उपकरणहरू जडान गरिएका छन्।

हिल्टन काठमाडौं हिल्टनको २४ विशिष्ट होटल ब्राण्डहरूको लागि अवार्ड विजयी अतिथि समर्पित कार्यक्रम 'हिल्टन अनर्स'को एक हिस्सा हो। हिल्टन अनर्सका सदस्यहरू, जसले सही हिल्टनका माध्यमहरूमार्फत सिधै बुक गर्छन्, उनीहरूलाई बसाई बुक गर्न नगद वा प्वाइन्टमध्ये लगभग कुनैपनि संयोजन छनौट गर्न लचिलो भुक्तानी प्रक्रियासहित एकजना विशेष सदस्यलाई छुट र निःशुल्करुपमा स्तरीय वाइफाइलगायतका तत्काल लाभहरूमा पहुँच रहनेछ।

hilton naxal kathmandu (8).jpg

सदस्यहरूले उद्योगको अग्रणी हिल्टन अनर्स मोबाइल एपमार्फत् विशेष रुपमा उपलब्ध लोकप्रिय डिजिटल माध्यमहरूको मज्जा पनि लिन सक्नेछन् जसबाट हिल्टन अनर्स सदस्यहरूले चेक इन गर्ने र उनीहरूको कोठा चयन गर्ने काम गर्न सक्छन्। हाेटलले निकट भविष्यमै क्यासिनाेसमेत सञ्चालनमा ल्याउने तयारी गरेकाे छ।

हिल्टन काठमाडौं, काठमाडौंकै प्रख्यात मन्दिर नक्साल भगवती बहालनजिकै थिरबम मार्गमा अवस्थित छ। एसिया प्यासिफिक क्षेत्रमा रहेका लगभग ९० वटा हिल्टन होटल एण्ड रिसोर्टहरूसँग यो जोडिएको छ। जसमा हालै सञ्चालनमा आएको हिल्टन सिंगापुर अर्चार्ड र हिल्टन सेगन पनि रहेका छन् भने सांघाई, हैदराबाद र कियोतोमा सञ्चालनमा आउन लागेकासमेत समाविष्ट छन्। 

hilton naxal kathmandu (9).jpg


प्रकाशित : मंगलबार, साउन २२ २०८११३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend