काठमाडौं- बुधबार सुनेको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। मंगलबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ। बुधबारका लागि चाँदीको मूल्य १२ सय ६० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवायी महासंघले जनाएको छ।