शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

धनगढी वितरण केन्द्रको बक्यौता २१ करोड पुग्यो

images
सोमबार, साउन २१ २०८१
images
धनगढी वितरण केन्द्रको बक्यौता २१ करोड पुग्यो

आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा बक्यौता रकम एक करोड ६० लाख ५२ हजार रूपैयाँले बढेको वितरण केन्द्रले जनाएको छ।

images
images

कैलाली- नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम २१ करोड ७३ लाख ७९ हजार रूपैयाँ पुगेको छ।

images
images
images

गत आर्थिक वर्षमा वितरण केन्द्रको औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापतको उक्त बक्यौता रकम पुगेको हो। आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा बक्यौता रकम एक करोड ६० लाख ५२ हजार रूपैयाँले बढेको वितरण केन्द्रका लेखा प्रमुख विनोद ढकालले जानकारी दिए।

images
images

आव २०७९/८० मा बक्यौता रकम २० करोड १३ लाख २७ हजार रूपैयाँ थियो। ढकालका अनुसार गत आवमा औद्योगिक ग्राहकको बक्यौता रकम दुई करोड ७८ लाख सात हजार तीन सय ७२ रूपैयाँ, घरायसी ग्राहकको चार करोड ४४ लाख ७६ हजार चार सय ७६ रूपैयाँ, सडकबत्तीको ११ करोड ३४ लाख १८ हजार तीन सय ८३ रूपैयाँ र अन्य ग्राहक तीन करोड १६ लाख ७६ हजार आठ सय तीन रूपैयाँ संकलन गरिएको हो।

images
images

गत आवमा महसुल नतिर्ने एक हजार नौ सय ६२ ग्राहकको लाइन काटिएको लेखा प्रमुख ढकालले जानकारी दिए। उनका अनुसार लाइन काटिएका ग्राहकको महसुल तिर्न बाँकी रकम पाँच करोड ५० लाख ८६ हजार चार सय १८ रूपैयाँ रहेकामा चार करोड ३३ लाख ५६ हजार पाँच सय रूपैयाँ असुली भएको छ।

लेखा प्रमुख ढकालका अनुसार आव २०७९/८० मा केन्द्रको औद्योगिक ग्राहकको बक्यौता रकम दुई करोड ४१ लाख ४२ हजार आठ सय ९१ रूपैयाँ, घरायसी ग्राहकको पाँच करोड ७९ लाख २८ हजार तीन सय ६९ रूपैयाँ, सडकबत्तीको १० करोड ५० लाख ३३ हजार तीन सय ७३ रूपैयाँ र अन्य ग्राहकको एक करोड ४२ लाख २२ हजार तीन सय ६७ रूपैयाँ थियो।

'अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा केही बक्यौता रकम बढेको छ। वितरण केन्द्रले लामो समय महसुल नबुझाउने ग्राहकको लाइन काटेर रकम असुली पनि गरेको छ', लेखा प्रमुख ढकालले भने, 'अन्य ग्राहकबाट रकम नियमित भुक्तानी भइरहेका छ। सडकबत्तीको बक्यौता रकम बढी छ।'

वितरण केन्द्रका अनुसार नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६५ दशमलव दुई प्रतिशत छन्। रासस


प्रकाशित : सोमबार, साउन २१ २०८११५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend