शनिबार, वैशाख १५ गते २०८१    
images
images
अमेरिकामा कार बिक्री 

सर्वाधिक कार बिक्री गर्ने जीएमको ताज टोयोटाले पहिलोपटक खोस्यो

images
images
images
सर्वाधिक कार बिक्री गर्ने जीएमको ताज टोयोटाले पहिलोपटक खोस्यो

२०२१ मा भने टोयोटाले पहिलो पटक जीएमको सर्वाधिक कार बिक्रीको ताज खोसेको हो। 

images
images

काठमाडौं- जापानी कार निर्माता कम्पनी टोयोटाले अमेरिकी बजारमा हुने कार बिक्री संख्यामा इतिहासमै पहिलो पटक जनरल मोटर (जीएम)लाई उछिनेको हो। जीएम अमेरिकी कार उत्पादक कम्पनी हो।

images
images
images

टोयोट अमेरिकी बजारमा प्रवेश गरेयता कार बिक्रीमा जीएमलाई उछिन्न सकेको थिएन। २०२१ मा भने टोयोटाले पहिलो पटक जीएमको सर्वाधिक कार बिक्रीको ताज खोसेको हो। 

images

२०२१ को ९ महिनामा टोयोटाले अमेरिकामा १८ लाख ६० हजार कार बिक्री गरेको थियो भने अमेरिकी उत्पादक जीएमले सोही अवधिमा १७ लाख ८० हजार कार बिक्री गरेको थियो।

images

९ महिनाको अवधिमा जीएमको भन्दा ८० हजार वटा धेरै कार टोयोटाले बिक्री गरेको हो। यो बिक्री संख्या २०२१ को नौ महिनाको मात्र तथ्यांक हो। २०२१ को पूर्ण तथ्यांक भने केही समयपछि आउने छ। 

images
images

२०२० मा जीएमले अमेरिकामा २५ लाख ५० हजार सवारी बिक्री गरेको थियो भने टोयोटाले २१ लख १० हजार कार अमेरिकामा बेचेको थियो। त्यस्तै फोर्ड मोटर कम्पनीले सोही वर्ष २० लाख ४ हजार सवारी बिक्री गरेको थियो। 

कार उत्पादकहरुले २०२१ मा सेमिकन्डक्टर अभावको ठूलो समस्या झेलेका थिए। जसका कारण कम्पनीहरुले आफूले चाहेको, धेरै बिक्री हुने र नाफा हुने मोडलका सवारी बनाउन सकेका थिएनन्। 

१९३१ मा जीएमले अमेरिकी कार बिक्रीमा फोर्डलाई उछिनेको थियो। त्यसयता हरेक वर्ष सर्वाधिक कार बिक्री गर्दै आएको जीएमलाई टोयोटाले २०२१ मा पहिलोपटक उछिनेको रोयटर्सले लेखेको छ। 

२००५ मा अमेरिकी कार बिक्रीमा टोयोटा चौथो स्थानमा थियो। पहिलोमा जीएम, दोस्रोमा फोर्ड र तेस्रो स्थानमा जर्मन कार उत्पादक डिमलरक्राइसलरका कार बिक्री हुन्थ्यो। त्यतिबेला यी ३ कम्पनीको कुल बजार हिस्सा ५७ प्रतिशत थियो। २०२१ को नौ महिनाको तथ्यांकका आधारमा उक्त हिस्सा तितरबितर भएको छ। 

२०२१ मा जीएम, फोर्ड र स्टेलेन्टिस (अहिले क्राइसलरको माउ कम्पनी) को अमेरिकी कार बजार हिस्सा जम्मा ३८ प्रतिशतमा सीमित भएको छ। पछिल्लो समयको उदीयमान विद्युतीय कार निर्माता कम्पनी टेस्लाको हिस्सा समेत जोड्दा ४० प्रतिशतभन्दा केही बढी हुन्छ। 

टोयोटाले २०२१ मा अमेरिकी बजारमा जुन उपलब्धि हासिल गरेको छ त्यो जोगाइराख्न भने निक्कै कठीन हुने विश्लेषण हुन थालेको सीएनएनले लेखेको छ। सेमिकन्डक्टर अभावका कारण अमेरिकामा अघिल्ला वर्षको सोही अवधिको तुलनामा २०२१ को चौथो त्रैमासमा नयाँ कारको बिक्री २४ प्रतिशतले घट्ने अनुमान गरिएको थियो। 

२००७ यता संख्याका आधारमा विश्व कार बिक्रीमा जीएमलाई टोयोटाले उछिनेको थियो। २०१२ मा एकपटक जीएमले उछिनेपनि त्यो कायम रहन सकेन। त्यसयता फक्सवागन र टोयोटाबीच पहिलो को हुने भन्नेमा तिब्र प्रतिस्पर्धा रहँदै आएको छ। 

जापानी कार निर्माता टोयोटाका कार संसारभर बिक्री हुँदै आएको छ। नेपाली बजारमा समेत टोयोटाका कार बिक्री हुँदै आएको छ। विश्व बजारमा निम्न/मध्यम वर्गीयहरुको रोजाइमा पर्ने टोयोटाका कार नेपालमा भने प्रिमियम कारका रुपमा बिक्री हुँदै आएको छ। 

नेपाली बजारमा टोयोटाका र्‍याभफोर, हाइलक्स, ल्यान्ड क्रुजर, ल्यान्ड क्रुजर प्राडो, रस, कोरोला क्रसलगायत कार बिक्री हुँदै आएको छ। 

images

प्रकाशित : बुधबार, पुस २१ २०७८०३:०९

प्रतिक्रिया दिनुहोस