शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नबिलपछि भारतीय लगानी रहेकाे एसबीआई बैंक पनि बिग मर्जरमा जाने 

images
मंगलबार, पुस २० २०७८
images
नबिलपछि भारतीय लगानी रहेकाे एसबीआई बैंक पनि बिग मर्जरमा जाने 
images
images

काठमाडौं- नेपाल एसबीआई बैंक पनि मर्जरमा जाने भएकाे छ। बैंकको २८औँ वार्षिक साधारणसभाले मर्जरका लागि पार्टनर खोज्ने प्रस्ताव पारित गर्दै मर्जकाे ढाेका खाेलेकाे हाे। बैंकले मंगलबार आर्मी अफिसर्स क्लबका साधारणसभा सम्पन्न गरेकाे छ। 

images
images
images

सभाले बैंकको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ भने सेयरधनीहरूलाई चुक्ता पुँजीको ५.३१ प्रतिशतका दरले लाभांश (३.५०% बोनस सेयर र १.८१% नगद लाभांश) वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ। 

images
images

भारतीय बैंकको मुख्य लगानी गरेको नेपाल एसबीआईले पनि बिग मर्जरमा जाने प्रस्ताव पारित गरेकाे हाे। साधारणसभाबाट पारित भएसँगै अब बैंकले यसै वर्ष मर्जरकाे टुंगाे लगाउने छ।  

images
images

बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने प्रस्तावका साथै बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने/गराउने प्रस्तावसमेत साधारण सभाले पारित गरेकाे हाे।

नबिल एनबी बैंक मर्जर : बंगलादेशमा लगानीकर्तालाई सूचना दिइयो, नेपालमा गुपचुप 


प्रकाशित : मंगलबार, पुस २० २०७८१३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend