बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

कालीगण्डकी करिडोर : नरसिङखोलामा मोटरेबल पुल निर्माण

images
सोमबार, साउन २१ २०८१
images
images
कालीगण्डकी करिडोर : नरसिङखोलामा मोटरेबल पुल निर्माण

बेनी-जोमसोम-कोरला सडकमा नरसिङखोलासहित पछिल्लो एक वर्षयता सातवटा गाडी चल्ने सडक पुल निर्माण भएको छ।

images
images

म्याग्दी- चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङस्थित नरसिङखोलामा मोटरेबल पुल निर्माण भएको छ।

images
images

जोमसोमबाट कागबेनी छुसाङ उपल्लो मुस्ताङ हुँदै चीनको सिमाना कोरलानाका जोड्ने सडकअन्तर्गतको नरसिङखोलाको ९० मिटर लामो मोटरेबल पुलमा यातायात सञ्चालन हुन थालेका छन्। बेनी-जोमसोम-कोरला सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँले पुलमा सवारीसाधन सञ्चालन हुन थालेको बताए।

images
images

'पहुँचमार्ग र पुलमाथि अक्सफाल्ट कालोपत्र गर्ने काम बाँकी भए पनि मुख्य संरचना तयार भएकाले यातायात सञ्चालन गरिएको छ', उनले भने, 'पुल सञ्चालन भएपछि बर्खामा नरसिङखोलामा जोखिम मोलेर सवारी आवतजावत गर्नुपर्ने समस्या हटाएका छौँ।'

images
images
images

नरसिङ र मार्फाखोलामा मोटरेबल पुल निर्माणका लागि विसं २०७५ भदौ ६ गते हिमदुङ-ठोकर-इमाटोल जेभीले २१ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। विसं २०७८ मा सकिनुपर्ने नरसिङ र मार्फाखोलाको पुल निर्माण व्यवसायीले पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गर्न नसक्दा ढिलाइ भएको हो।

तीनवटा स्पाम भएको पुलको ८० प्रतिशत भौतिक प्रगति भएको पुलको बाँकी काम सक्न पछिल्लोपटक मुस्ताङको अमित विल्डर्सले जिम्मा लिएको थियो। यसअघि इमाटोल कन्ट्रक्सनले जिम्मा काम समयमा पूरा गर्न नसकेको हो।

दुईसय दुई किलोमिटर दुरीको बेनी-जोमसोम-कोरला सडकमा नरसिङखोलासहित पछिल्लो एक वर्षयता सातवटा गाडी चल्ने सडक पुल निर्माण भएको छ। लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा, थासाङ गाउँपालिकाको छाक्ताङखोलामा बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत पुल निर्माण भएको हो।

सडक विभागको पुल महाशाखाले म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल बनाएको छ। बेनी-जोमसोम-कोरला सडक योजनामार्फत १४ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छन्। सात ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन्। 

थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ। पर्वतको मालढुंगाबाट म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताए। रासस


प्रकाशित : सोमबार, साउन २१ २०८११०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend