मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

बालुवाटार जग्गा प्रकरणका मुख्य आरोपित शाेभाकान्त ढकालविरुद्ध २ अर्ब ४० करोड राजस्व छलीको मुद्दा

images
मंगलबार, पुस २० २०७८
images
images
बालुवाटार जग्गा प्रकरणका मुख्य आरोपित शाेभाकान्त ढकालविरुद्ध २ अर्ब ४० करोड राजस्व छलीको मुद्दा

विभागले १ अर्ब २० करोड बिगो र १ अर्ब २० करोड रूपैयाँ नै सजाय हुने बिगो रकमसहित मुद्दा दायर गरेको हो। 

images
images

काठमाडाैं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनाकाे मुख्य आरोपित शोभाकान्त ढकालविरुद्ध राजस्व छलीको मुद्दा दर्ता भएको छ। राजस्व अनुसन्धान विभागले ढकालविरुद्ध २ अर्ब ४० करोड ९८ लाख सजायको मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। 

images
images

विभागले ढकालसहित उनकी पत्नी उमाकुमार ढकाल तथा परिवारका सदस्य सरोज ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठलाई प्रतिवादी बनाउँदै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो। विभागले १ अर्ब २० करोड बिगो र १ अर्ब २० करोड रूपैयाँ नै सजाय हुने बिगो रकमसहित मुद्दा दायर गरेको हो। 

images
images

विभागका अनुसार ढकाल र उनीसहितको समूहले काठमाडौंको नागार्जुन नगरपालिका-१ ठेगाना उल्लेख गरी दर्ता भएको आनसान इन्टरनेशनल प्रालिबाट मुल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नक्कली तथा झुटा विवरण तयार पारी राजस्व छली गरेको पाइएको छ। 

images
images
images

विवरण, वित्तीय विवरणहरू तथा आय विवरणहरू तयार गरी कारोबार नै नभएको (कारोबार शून्य) देखाइ राजस्व चुहावट गरेको देखिएको विभागले विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

विभागका अनुसार भ्याटतर्फ ४२ करोड २६ लाख ७ हजार ३५१ रुपैयाँ, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ र लाभांशतर्फ ९ करोड ४७ लाख ८४ हजार ३७६ रुपैयाँ गरी १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ बराबरको राजस्व छली गरेको देखिएको दाबी गरेको छ। 


प्रकाशित : मंगलबार, पुस २० २०७८१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend