शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

विद्युत् प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २० २०८१
images
विद्युत् प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त

ऊर्जामन्त्रीको साउन १८ गतेको निर्णयअनुसार कार्की र गुरुङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनित गरिएको हो।

images
images

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा  देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन्।

images
images
images

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रिस्तरीको निर्णयबाट दोलखा तामाकोशी गाउँपालिका-२ का कार्की र ओखलढुङ्गा रुम्जाटार गाउँपालिका-७ गुरुङलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो।

images
images

उनीहरुलाई नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत् उपभोक्तामध्येबाट गुरुङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ।

images
images

ऊर्जामन्त्रीको साउन १८ गतेको निर्णयअनुसार कार्की र गुरुङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनित गरिएको हो। नवनियुक्त कार्की पूर्वऊर्जा मन्त्रालयका सचिव तथा गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक हुन्। 

यस्तै सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको छ।

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका हुन्।


प्रकाशित : आइतबार, साउन २० २०८११९:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend