बुधबार, असोज १६ गते २०८१    
images
images

बाढीपहिरोमा परी दुई महिनामा १५३ जनाले गुमाए ज्यान, २६१ घर र ४३ वटा पुलमा क्षति

images
आइतबार, साउन २० २०८१
images
images
बाढीपहिरोमा परी दुई महिनामा १५३ जनाले गुमाए ज्यान, २६१ घर र ४३ वटा पुलमा क्षति

बाढीको कारण २ सय ६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

images
images

काठमाडौं- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ५३ जनाको मृत्यु भएको छ।

images
images
images

बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ५३ जनाको मृत्यु भएको हो।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४७ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी प्रहरीले जनाएको छ।

images

बाढीको कारण २ सय ६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार २ सय ३८ घर परिवार विस्थापित भएका छन्।

images

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।


प्रकाशित : आइतबार, साउन २० २०८११७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend