आइतबार, भदौ २३ गते २०८१    
images
images

अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्सलाई उछिन्यो हिमालय एयरलाइन्सले

images
मंगलबार, पुस २० २०७८
images
images
अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्सलाई उछिन्यो हिमालय एयरलाइन्सले
images
images

काठमाडौं (पुस,२०) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वेस बनाएर अन्तर्राष्ट्रिय उडान गर्ने निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)लाई बजार हिस्सामा उछिनेको छ।

images
images
images

सन् २०१४ सालमा स्थापना भएको हिमालय एयरलाइन्सले सन् २०१६ मा अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। पाँच वर्षपपछि पहिलो पटक हिमालय एयरलाइन्सले नेपाल एयरलाइन्सलाई उछिनेको हो।

अहिले हिमालयले ४ वटा जहाजमार्फत ६ वटा गन्तव्यमा प्यासेन्जर उडान गरिहेको छ भने चीनको २ वटा गन्तव्यमा कार्गो उडान गर्दै आएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको तथ्यांकअनुसार हिमालय एयरलाइन्सले उडान संख्यासँगै यात्रु संख्यामा नेपाल एयरलाइन्सलाई पछाडि पारेको हो।

images

डिसेम्बर महिनामा हिमालयले ४ सय ३ वटा उडान तथा अवतरणमार्फत ३५ हजार ८ सय ८९ यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा दिँदै आएको छ।  यसैगरी हिमालय एयरलाइन्सले कार्गोमा पनि नेपाल एयरलाइन्सलाई पछाडि पारेको हो।

हिमालयले डिसेम्बरमा ५ सय ७४ टन सामान बोकेको छ। यो नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स एयरलाइन्स कम्पनीहरूमा सबै भन्दा बढी हो।

यता लगातर ३ वर्षदेखि एक नम्बरमा रहँदै आएको नेपाल एयरलाइन्स अहिले भने यात्रु बजार हिस्साका आधारमा तेस्रो नम्बरमा झरेको छ।
नेपाल एयरलाइन्सले डिसेम्बरमा २ सय ४९ वटा उडान तथा अवतरणमार्फत ३० हजार ९ सय ९६ जना यात्रुलाई अन्तर्राष्ट्रिय हवाई यात्रा गराएको छ। यो संख्या हिमालयको भन्दै झन्डै ५ हजारले कम हो।

उडान संख्यामा पनि नेपाल एयरलाइन्स हिमालयभन्दा १ सय ५० उडान तथा अवतरण पछाडि परेको छ। कार्गोमा पनि नेपाल एयरलाइन्स हिमालयभन्दा पछाडि रहेको छ।

नेपाल एयरलाइन्सले डिसेम्बरमा जम्मा ३ स्य ४२ टन सामान बोकेको छ। जुन हिमालयभन्दा २ सय ३२ टन कम हो।

बढी यात्रु बोक्नेमा भने कतार एयरवेज रहेको छ। कतार एयरवेजले २०२१ को डिसेम्बरमा २ सय४८ उडान तथा अवतरणमार्फत ३७ हजार ६ सय २० यात्रुलाई सेवा दिएको छ। 

विमानस्थल कार्यालयले दिएको तथ्यांकअनुसार बढी यात्रु बोक्नेमा कतार पहिलो नम्बरमा रहेको छ भने हिमालय दोस्रो र नेपाल एयरलाइन्स तेस्रो नम्बरमा रहेको छ।

हिमालय एयरलाइन्सको जतिकै ४ वटा जहाज नेपाल एयरलाइन्ससँग पनि रहेको छ। तर सिट क्षमता आधारमा नेपाल एयरलाइन्सको क्षमता बढी छ। 

एक महिनामा १ लाख ९५ हजारले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

सन् २०२१ को डिसेम्बरमा मात्रै १ लाख ९४ हजार ९ सय १ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। एक महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १ हजार ७ सय ८२  उडान तथा अवतरण भएको छ।

जसमा यात्रु संख्याको आधारमा कतार एयरवेजको बजार हिस्सा १९.३० प्रतिशत, हिमालयको १८.४१ प्रतिशत र नेपाल एयरलाइन्सको १५.९० प्रतिशत रहेको छ। ३ एयरलाइन्सको बजार हिस्सा ५३.६१ प्रतिशत रहेको छ भने  अन्य १९ एयरलाइन्सको बजार हिस्सा ४६.३९ प्रतिशत रहेको छ।

can data.jpg


प्रकाशित : मंगलबार, पुस २० २०७८१२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend