मुम्बई- भारतीय संस्कृती र कलालाई नयाँ रूप दिन नीता र मुकेश अम्बानीले मुम्बईमा भव्य सांस्कृतिक केन्द्र सुरु गरेका छन्।
अम्बानी समूहले लगानी गरेपछि भारतमा मात्रै होइन विश्वभर नै चर्चा हुने गरेको छ। पछिल्लो समय त भारतमा अम्बानीले नयाँ र फरक क्षेत्रमा गरेको लगानीले धुम नै मच्चाएको छ। भारतको मुम्बईमा निर्माण गरिएको भव्य 'नीता मुकेश अम्बानी कल्चरल सेन्टर'को चर्चा अहिले विश्वभर छ। जसमा विश्वभरका 'सेलिब्रेटी'समेत आकर्षित छन्।
सन् २०२३ मार्च ३१ मा उद्घाटन गरिएको उक्त सेन्टर अझै पूर्ण सञ्चालनमा आएको छैन। तर अम्बानी परिवारले भारतको संस्कृति संरक्षणमा देखाएको उदारता र मिहिनेतले सबैको ध्यान तानेको छ। उद्घाटन समारोहमा नै सेन्टरकी संस्थापक अध्यक्ष निता अम्बानीले गरेको भाषणले विश्वको ध्यान तानेको थियो।
‘अत्याधिक आनन्द र गर्वका साथ म नीता मुकेश अम्बानी सांस्कृतिक केन्द्रमा ‘ग्रेट इन्डियन म्युजिकलस् सिभिलाइजेशन टु नेशन’ को घोषणा गर्दछु। यो विश्वमा भारतको कलासंकस्कृतिको उत्कृष्ट प्रदर्शन गर्ने हाम्रो यात्राको पहिलो खुड्किलो हो,’ नीता अम्बानीले भनेकी थिइन्। जसमा उनको मिहिनेतले पूर्वीय सभ्यतादेखि आधुनिक भारत जोड्ने कामसमेत भएको छ।
रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी र उनकी छोरी इशा अम्बानीले समेत साथ लिएर निता अम्बानीले सेन्टरमा लगानी गरेकी हुन्। सेन्टरमा विश्वकै सबैभन्दा ठूलो लिफ्टसमेत बनाइएको छ। जसमा एकैपटक २ सय ३० जनाले सेवा लिन सक्ने छन्।
वेशभूषा, प्रदर्शन र दृश्य कलामार्फत भारतको समृद्ध सांस्कृतिक इतिहासको यात्राका लागि सेन्टर स्थापना गरिएको हो।
सेन्टरमा पूरै बनारसको झल्को दिनेगरी गाउँ नै खडा गरिएको छ। जहाँ बनारसमा देखिने र पाइने सबै सामग्री राखिएको छ। बनारसमा गरिने सांस्कृतिक कार्यक्रमदेखि खानेकुरा, भेषभुषा र घरहरूमा गरिने साजसज्जा नै राखेर ठूलो क्षेत्रमा गाउँ निर्माण गरिएको छ।
यो मुम्बईको बान्द्रा-कुर्ला कम्प्लेक्सको जियो वल्ड सेन्टरभित्र अवस्थित छ। जुन सपनाको सहर भनेर चिनिन्छ। अद्भूत पूर्वाधारमा २००० सिट क्षमताको भव्य थिएटर, ४ तले आर्ट हाउस, एउटा प्याभिलियन र ५२६२१ वर्ग फुटको संग्रहालय सेन्टरमा छ।
१ खर्ब २१ अर्ब भारु लगानी गरिएको उक्त सेन्टरमा अम्बानी परिवारले बनाएको वा खरिद गरेको महँगा मध्येकै सम्पत्तिको सूचीमा पर्दछ।
सेन्टरमा बलिउडदेखि हलिउडसम्मका धेरै सेलिब्रेटीहरूले भ्रमण गरिसकेका छन्। नीता मुकेश अम्बानी कल्चरल सेन्टर कला र संस्कृतिको क्षेत्रमा आफैमा अचम्मको छ।
‘भक्तिः द आर्ट अफ कृष्ण’
प्रदर्शनी ‘भक्तिः द आर्ट अफ कृष्ण’ले राजा रवि वर्मा, मनजित बावा र एमएफ हुसेनले तयार पारेको आर्ट हाउस नै खडा गरिएको छ। भगवान कृष्णको जीवनलाई देखाउने रचनात्मक प्रेरणा र गहिरो भक्तिलाई संयोजन गरिएको छ।
यो आर्ट हाउस प्रदर्शनीले भगवान कृष्णको जीवन र विरासत, कला, कथा, र आध्यात्मिकताको मिश्रणको माध्यमबाट परिवर्तनकारी यात्रा प्रदान गर्नेगरी प्रर्दशनी गरिएको छ। जहाँ प्रेम र भक्तिको अवधारणाबाट प्रेरित प्रदर्शनीले तयार गरिएको कलाकृतिहरू नौलो जीवन्त वातावरणमार्फत यसको अवलोकनमा जानेहरूलाई देखाइन्छ।
सांस्कृतिक केन्द्रमा कला घर
चारतले आर्ट हाउस कुनै दरबारभन्दा कम छैन। अन्तर्राष्ट्रिय र भारतीय दर्शकहरूलाई ध्यानमा राखेर यो निर्माण गरिएको हो। यसले दर्शकहरूका लागि विभिन्न कला र कार्यक्रमहरू प्रस्तुत गर्नेछ।
१६ हजार स्क्वायर फिटमा फैलिएको यो स्पेस पनि अन्तर्राष्ट्रिय दर्शकलाई ध्यानमा राखेर निर्माण गरिएको हो। यसबाहेक प्राविधिक कार्यक्रम, कार्यशाला र शैक्षिक गतिविधिका लागि छुट्टै ठाउँको व्यवस्था गरिएको छ।
सांस्कृतिक केन्द्रको ‘द क्यूबु ठाउँ’
क्यूबले वर्तमान र आगामी भारतीय कलाकारहरूलाई सहयोग प्रर्वद्धन गर्नेछ, यसको मतलब कलाकारहरूले हजारौँ दर्शकहरूको अगाडि आफ्नो कला प्रदर्शन गर्न सक्छन्।
क्युब भाषणका लागि डिजाइन गरिएको हो। स्ट्यान्डअप कमेडीलाई ध्यानमा राखेर र सांगीतिक कार्यक्रमहरूका लागि पनि प्रयोग गर्न सकिन्छ। यसमा १२५ जना बस्ने क्षमता छ। यो एक पोर्टेबल स्टेज हो।
ग्रान्ड थिएटर
अर्को उत्कृष्ट संरचना ग्रान्ड थिएटर सांस्कृतिक केन्द्रमा बनाइएको छ। यो ठाउँ धेरै सावधानीपूर्वक निर्माण गरिएको हो। किनभने यसमा विश्वस्तरको डल्बी एटमस सराउण्ड साउन्ड सिस्टम र भर्चुअल एकाउस्टिक प्रणाली छ। यहाँ धेरै रचनात्मक सिटको व्यवस्था छ, जहाँबाट कार्यक्रम हेर्दाको रमाइलो हजार गुणा बढी हुनेछ।
स्टुडियो थिएटर
५० सिट भएको यस थिएटरमा टेलिस्कोपिङ प्रणाली छ, जसले घटनाअनुसार काम गर्छ। विश्वस्तरको डल्बी एटमस सराउण्ड साउन्ड सिस्टम र साउन्डप्रुफिङ सुविधा पनि छ। ठूलादेखि सानासम्म सबै प्रकारका कार्यहरू यहाँ हुन सक्ने गरी निर्माण गरिएको छ।
साँस्कृतिक केन्द्रमा बालबालिका, विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ।