बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

सडक विभागको वार्षिक समीक्षा : अपर्याप्त बजेट, नीतिगत स्पष्टता नहुनु र निर्माण कम्पनीको ढिलासुस्ती मुख्य समस्या

images
आइतबार, साउन २० २०८१
images
images
सडक विभागको वार्षिक समीक्षा : अपर्याप्त बजेट, नीतिगत स्पष्टता नहुनु र निर्माण कम्पनीको ढिलासुस्ती मुख्य समस्या

विद्युतका पोल, खानेपानी र ढलका समस्या समाधानका लागि समयमा समन्वय भइ उचित समाधान नहुनु बजेट तथा योजना कार्यान्वयनमा बाधक भएको सहभागीले उल्लेख गरेका छन्।

images
images

ललितपुर- सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगतिबारे समीक्षा गरेको छ। 

images
images
images

समीक्षामा वार्षिक समयमा आयोजनाका लागि रकमान्तर स्वीकृत नहुनु, आयोजना तथा योजनाको आवश्यकताअनुसार बजेट विनियोजन नगरिनु, निर्माण सामग्रीको प्रयोगसम्बन्धि नीतिगत स्पष्टता नहुनु तथा निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा आशातित नतिजा देखाउन नसकेको विषय उठाइएको थियो।

images
images

त्यस अवसरमा सहभागीहरुले सडक विस्तार तथा मर्मतसम्भारका क्रममा वन मन्त्रालय तथा वन विभागले सहजीकरण नगर्दा सडक निर्माणमा र विस्तारमा समस्या भएको गुनासो गरे। विद्युतका पोल, खानेपानी र ढलका समस्या समाधानका लागि समयमा समन्वय भइ उचित समाधान नहुनु बजेट तथा योजना कार्यान्वयनमा बाधक भएको सहभागीले उल्लेख गरेका छन्।

images
images
images

स्वीकृति नलिइ, आवश्यक सम्भावना अध्ययन प्रतिवेदन तयार नगरी प्रदेश र स्थानीय तहले राजमार्गलाई प्रभावित गर्नेगरी शाखा सडक विस्तार गर्नु समस्याका रुपमा देखिँदा अपेक्षित प्रगति हुन नसकेको उनीहरुको तर्क थियो।

सडक विस्तारका क्रममा मुआब्जा वितरणका लागि आवश्यक बजेटको विनियोजन तथा व्यवस्थापन नहुनु समस्याका रुपमा देखिएको सहभागी कार्यालय प्रमुखहरुको भनाइ थियो।

शनिबारदेखि सुरु भएको प्रगति समीक्षा गोष्ठीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सहसचिव भीमार्जुन अधिकारी, सुशीलबाबु ढकाल, कृष्णराज पन्त, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, विभागका उपमहानिर्देशक, इन्जिनियरलगायत सडक विभाग मातहतका कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको छ। रासस


प्रकाशित : आइतबार, साउन २० २०८११६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend