शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सबै सूचकमा नकारात्मक सप्तकाेशी डेभलपमेन्ट बैंककाे सेयरमा पाेजेटिभ सर्किट, सेयर कर्नरिङकाे आशंका

images
बुधबार, पुस २१ २०७८
images
सबै सूचकमा नकारात्मक सप्तकाेशी डेभलपमेन्ट बैंककाे सेयरमा पाेजेटिभ सर्किट, सेयर कर्नरिङकाे आशंका
images
images

काठमाडौं- मंगलबार धेरै सेयर मूल्य बढ्ने दोस्रो नम्बरमा सप्तकोशी डेभलपमेन्ट बैंक रह्यो। जुन बैंक चालु वर्षको पहिलो तीन महिनामा १ करोड १० लाख रुपैयाँ घाटामा रहेको छ। प्रतिसेयर आम्दानीसमेत १३.२० रुपैयाँ घाटामा रहेको छ। गत वर्ष पनि थोरै मात्रै नाफा गरेको बैंकसँग आकर्षक लाभांश दिने कुनै रकम छैन। 

images
images
images

केही दिनअगाडि मात्रै सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदी १६ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परे। तर यता बैंकको सेयरमा मंगलबार सकारात्मक सर्किट लागेको छ।

images
images

बैंकको १० प्रतिशतले सेयर मूल्य बढेर ३५८.६० रुपैयाँ पुगेको छ। मंगलबार ३२.६० रुपैयाँ बढेको हो। जानकारहरूका अनुसार बैंकको सेयर कर्नरिङ गराएर मूल्य बढाएको अनुमान गरिएको छ। जसका कारण सबै सूचक नकारात्मक हुदाँ पनि सेयर मूल्य बढेको हो। 

images
images

मंगलबार मात्रै सप्तकोशीको ५९ हजार ७ सय ३१ कित्ता कारोबार भएको थियो। पछिल्लो ५२ हप्तामा ५४० रुपैयाँमा अधिकतम मूल्य पुगेको बैंकको सेयर मूल्य न्यूनतम १३८ रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय उच्च अंकले बढेको सेयर मूल्य घोटला प्रकरणपछि ओरालो लागेको थियो। गत साता मात्रै सीईओ सुवेदी पक्राउ परेपछि सेयर मूल्यमा लगानीकर्ताको आकर्षण बढेको हो। 

करिब १६ करोड रकम घोटला गरेको आरोपमा सीईओ सुवेदीसहित चार जना पक्राउ परेका थिए। बैंकको रेमिटेन्सको १५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सीईओ सुवेदीलाई गत बुधबार पक्राउ गरिएको थियो।

उनीसहित प्रहरीले अमित थापामगर, देवीप्रसाद भण्डारी र हिमाल भट्टराईलाई पनि पक्राउ गरिएको थियो। बैंकको मूल्य बढ्नुमा खास गरी गत वर्ष राम्रो मुनाफा कमाएकोले यसवर्ष सेयरधनीलाई आकर्षक लाभांश दिने अनुमान गरिएको छ।

गत वर्ष ६ प्रतिशत मात्रै लाभांश दिएको बैंकले यसवर्ष पनि बढीमा ६ देखि ८ प्रतिश मात्रै लाभांश दिने क्षमता रहेको छ। ८३ लाख ४३ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख  रुपैयाँ रहेको छ। बैंकको बजार पुँजीकरण २ अर्ब ९९ करोड रुपैयाँ रहेको छ।


प्रकाशित : बुधबार, पुस २१ २०७८०२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend