बुधबार, असोज १६ गते २०८१    
images
images

र्‍यालेखोरमा लिफ्ट प्रविधिबाट खानेपानी आयोजना निर्माण

images
आइतबार, साउन २० २०८१
images
images
र्‍यालेखोरमा लिफ्ट प्रविधिबाट खानेपानी आयोजना निर्माण

सौर्य ऊर्जाको प्रयोग गरेर र्‍यालेखोर बस्तीमुनिको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरी वितरण गरिएको हो।

images
images

म्याग्दी- जिल्लाको मंगला गाउँपालिका-२ र्‍यालेखोरमा लिफ्ट प्रविधिबाट खानेपानी आयोजना निर्माण भएको छ। सौर्य ऊर्जाको प्रयोग गरेर र्‍यालेखोर बस्तीमुनिको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरी वितरण गरिएको हो।

images
images
images

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मंगला गाउँपालिका र उपभोक्ताको साझेदारीमा उक्त आयोजना निर्माण भएको हो।

आयोजना निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग गरेको नेवाका प्राविधिक गोर्खबहादुर शाहीले मुहानबाट एक सय ९ मिटर माथि रहेको ट्यांकीमा तानेर वितरणको व्यवस्था मिलाएको जानकारी दिए। उनका अनुसार प्रतिसेकेण्ड दुई लिटरका दरले तानिएको पानी २४ वटा घर र त्रिभुवन मंगला माविमा निजी धारामार्फत वितरण गरिएको हो।

images

९२ लाख २४ हजार नौ सय ८७ रूपैयाँको लगानीमा र्‍यालेखोर, खुम्लीया र भाइवाङमा खानेपानी आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले बताए। उनले र्‍यालेखोर र भाइवाङका एक सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा आठ वटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको जानकारी दिए। भाइवाङ र खुम्लीयामा पधेराको मुहानको पानी वितरण गरिएको छ।

images

'यसअघि चार/पाँच घरका लागि एउटाका दरले बनाइएको सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो', आचार्यले भने, 'वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो।'

मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका उनको भनाइ छ। घरघरमा धाराका साथै भाडा माझ्ने जुठेल्ना र सुकाउने पक्की चाङ बनाइएको छ।

नेवाको ३८ लाख ७१ लाख तीन सय सात, मंगला गाउँपालिकाको २७ लाख अनुदान र उपभोक्ताको २२ लाख ७८ हजार चार सय ६८ रूपैयाँ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ।

अध्यक्ष आचार्यका अनुसार उपभोक्ताले श्रमदान गर्नुका साथै थप तीन लाख ७५ हजार दुई सय १२ रूपैयाँ नगद संकलन गरिएको थियो। स्थानीय पुष्पा गौतमले घरकै धारामा नियमित खानेपानी आउन थालेपछि समयको बचत, झञ्झट र सास्ती हटेको बताए। खानेपानीका साथै नुहाउन, कपडा धुन, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि पानी लिन सार्वजनिक धारामा जाने समय बचत भएको उहाँको भनाइ छ । 

नेवाको सहयोगमा मंगला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माण भएका छन्। खानीगाउँका ३७ घर र एक विद्यालय तथा हिदीका ६४ घरमा निजी धारासहित खानेपानी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, साउन २० २०८११३:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend