शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

पोखरा महानगरमा सञ्चालित सार्वजनिक बसको प्रदूषण जाँच, परीक्षणमा अनुत्तीर्णलाई पुनः मर्मतका लागि पठाइने

images
शनिबार, साउन १९ २०८१
images
पोखरा महानगरमा सञ्चालित सार्वजनिक बसको प्रदूषण जाँच, परीक्षणमा अनुत्तीर्णलाई पुनः मर्मतका लागि पठाइने

पोखरा यातायात प्रालिअन्तर्गत सञ्चालनमा रहेका तीन सय ७८ बसको प्रदूषण परीक्षण गरिने कार्यालयले जनाएको छ।

images
images

कास्की- पोखरा महानगरपालिकाभित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँच सुरुवात गरिएको छ। यातायात व्यवस्था कार्यालयले आज पोखरा यातायात प्रालिअन्तर्गत सञ्चालित बसहरुको प्रदूषण परीक्षण गरेको हो।

images
images
images

मापदण्डभन्दा बाहिर रहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सवारी साधनहरुको प्रदूषण जाँच  सुरु गरिएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख अशोक गौतमले जानकारी दिए। उनका अनुसार अन्य दिनमा प्रदूषण परीक्षणका लागि भीडभाड हुने भएकाले सार्वजनिक बिदाका दिनमा समेत सेवा सञ्चालन गरिएको हो।

images
images

पोखरा यातायात प्रालिअन्तर्गत सञ्चालनमा रहेका तीन सय ७८ बसको प्रदूषण परीक्षण गरिने कार्यालयले जनाएको छ। प्रदूषण परीक्षणमा अनुत्तीर्ण सवारीहरुलाई पुनः मर्मतका लागि पठाइने र उत्तीर्ण भएपछि मात्र सञ्चालन अनुमति प्रदान गरिने कार्यालय प्रमुख गौतमले बताए।

images
images

'पोखरा पर्यटकीय राजधानी समेत हो। यहाँ गाडीबाट निस्कने धुवाँ बढी हुने गरेको स्थानीयवासीको गुनासो आएपछि कडाइका साथ जाँच गर्न लागेका हौँ। आज पोखरा यातायात प्रालिका बसहरुको यान्त्रिक परीक्षण र प्रदूषण जाँचपासको काम गरेका छौँ। आगामी दिनमा निजी विद्यालयद्वारा सञ्चालित बसहरुको समेत परीक्षण गछौँ', कार्यालय प्रमुख गौतमले भने।

जाँचपास गर्दा बढी प्रदूषण देखाएका गाडीलाई तत्काल मर्मत र सर्भिसिङका लागि पठाउने गरिएको कार्यालयका मेकानिकल इन्जिनियर अब्दुल्ला हवारीले बताए। बसहरुको सर्भिसिङपछि बसको अनुत्तीर्ण हुने दर कम भएको उनले बताए।

कार्यालयले प्रदूषण बढी भएका तथा जाँच अनुत्तीर्ण भएका गाडी सञ्चालनमा रोक लगाउने जनाएको छ। परीक्षण मेसिनले गाडीको धुवाँको ‘डेन्सिटी’ हेर्ने र ३० प्रतिशत सम्म आउने उत्तीर्ण र त्यो भन्दा बढी आउने अनुत्तीर्ण हुने इन्जिनियर हवारीले जानकारी दिए।

'परीक्षणको नतिजा तत्कालै प्राप्त हुने गरेको छ। बढी प्रदूषण देखाएर फेल भएका गाडी सञ्चालन गरे यातायात व्यवस्था ऐन अनुसार दुई हजारदेखि १० हजारसम्म कारबाही हुन्छ', उनले भने।

पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुडले बसहरुले बढी धुवाँ फालेको गुनासो पछि व्यवसायीले दुई लाख ५० हजार रूपैयाँसम्म खर्च गरेर इन्जिनलगायत सबै परीक्षण गराएको जानकारी दिए।

गाडीको पार्टपुर्जा बाहेक गाडीमा प्रयोग गरिने इन्धनको कारणले समेत धुवाँ बढी फालेको हुन सक्ने भएकाले त्यसको समेत जाँच गर्न उनले माग गरे। अध्यक्ष गुरुङले भने, 'गुनासो आएपछि व्यवसायीले गाडी मर्मत गरेको हो। मर्मत सम्भार गर्दा समेत धुवाँ फालिरहेको छ। के कारणले धुवाँ फालिरहेको हो भनेर हामीलाई इन्जिनियरले बताइदिनुपर्दछ।' रासस


प्रकाशित : शनिबार, साउन १९ २०८११६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend