बुधबार, असोज १६ गते २०८१    
images
images

एनआईएमबी एस क्यापिटलको १२औँ वार्षिकोत्सव सम्पन्न

images
शनिबार, साउन १९ २०८१
images
images
एनआईएमबी एस क्यापिटलको १२औँ वार्षिकोत्सव सम्पन्न

एनआईएमबीले हालसम्म ४१ लाखभन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गरेको जनाएको छ।

images
images

काठमाडौं- नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १२ वर्ष पूरा भएको छ।

images
images
images

धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकरको रूपमा यस कम्पनीले आईपीओ जारी तथा बिक्री व्यवस्थापन, सेयर रजिस्टार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ। एनआईएमबी एस क्यापिटलले सन् २०१४ मा नेपालको पहिलो म्युचुअल फण्ड योजना र २०१९ मा पहिलो खुलारुपी म्युचुअल फण्ड लन्च गरेको थियो।

कम्पनीको १२ वर्ष पूरा भएको अवसरमा एनआईएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने, 'हाम्रो कम्पनी १२ वर्षको हुनमा सबैभन्दा ठूलो योगदान हाम्रा प्रिय ग्राहकवर्गको छ। साथमा अथक मेहेनत र लगावका साथ काम गर्ने हाम्रा कर्मचारीलगायत हाम्रो सिंगो टिमबिना यो उपलब्धि सम्भव हुने थिएन। भविष्यमा पनि लगानीकर्ता तथा ग्राहकवर्गको लगानीमा उच्चतम आम्दानी प्रदान गर्ने हाम्रो प्रतिबद्धता कायम गर्ने वाचा गर्दछु।'

images

हाल एनआईएमबी एस क्यापिटलले १० अर्ब रूपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवाअन्तर्गत लगानीकर्ताको ६ अर्ब रूपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्र स्थानमा राख्न सफल रहेको जनाएको छ।

images

हालसम्म ४१ लाखभन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गरेको एनआईएमबीले ५० हजारभन्दा बढी डिम्याट खाताहरु व्यवस्थापन गर्नुका साथै दुईसयभन्दा बढी आईपीओ/एफपिओ जारी गर्न सफल रहेको जनाएको छ।

एनआईएमबी एस क्यापिटलले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धकको रूपमा समेत धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरेको छ। यस कम्पनीले १० अर्बभन्दा धेरैको लगानी क्षमता रहेको प्राइभेट इक्विटी फन्ड - एनआईबीएल इक्विटी पार्टनर्सको व्यवस्थापन पनि गर्छ। एनआईएमबीका अनुसार हालसम्म एनआईबीएल इक्विटी पार्टनर्सले एक अर्बभन्दा बढी लगानी गरिसकेको छ भने भविष्यमा सक्रिय रूपमा थप कोष लगानी गर्ने योजना यस कम्पनीको रहेको छ।

एनआईएमबी एस क्यापिटलले नेपालमा पहिलो खुलामुखी म्युचुअल फन्ड बजारमा ल्याउनुका साथै लगानीकर्ताको लागि विभिन्न विकल्पहरु प्रदान गर्दै आइरहेको छ। एनआईएमबी एस क्यापिटलले लगानीकर्ताको लागि भविष्यमा थप लगानी विकल्पहरु ल्याउने प्रतिबद्धता जनाएको छ। 


प्रकाशित : शनिबार, साउन १९ २०८११६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend