बुधबार, असोज १६ गते २०८१    
images
images

भारतमा दुईपांग्रे सवारी बिक्रीमा हिरोलाई उछिन्यो होन्डाले

images
शनिबार, साउन १९ २०८१
images
images
भारतमा दुईपांग्रे सवारी बिक्रीमा हिरोलाई उछिन्यो होन्डाले

हिरो साइकल र होन्डा १९८४ मा संयुक्त उपक्रम बनाएर अघि बढेका थिए भने २०१० मा आइपुग्दा उक्त साझेलदारी भंग गरेर दुई कम्पनी अलग भएका थिए।

images
images

काठमाडौं- भारतीय दुई पांग्रे बजारमा हिरो होन्डाबाट हिरो र होन्डा अलग भएपछि पहिलोपटक होन्डाले मोटरसाइकल तथा स्कुटर बिक्रीमा हिरोलाई उछिनेको छ। गएको जुलाई महिनाको बिक्री संख्याका आधारमा हिरोलाई मासिक बिक्री संख्यामा उछिनेको हो। 

images
images
images

जुलाई महिनामा हिरोले भन्दा १ लाख १२ हजार ७ सय २६ वटा धेरै मोटरसाइकल तथा स्कुटर होन्डाले बिक्री गरेको तथ्यांक छ। यो बिक्री संख्यामा भारतमा बिक्री भएको र भारतमा उत्पादन भएर विभिन्न देशमा निर्यात भएको तथ्यांक पनि समावेश गरिएको छ। 

भारतीय दुई पांग्रे बजारमा हिरो मोटोपर्क लामो समयदेखि बिक्री संख्यामा सँधै अग्रपंक्तिमा रहँदै आएकोमा अब भने जुलाई महिनामा भने होन्डाले उछिनेको टाइम्स अफ इन्डियाले लेखेको छ। होन्डाले जुलाई महिनामा ४ लाख ८३ हजार १ सय मोटरसाइकल भारतीय प्लान्टबाट उत्पादन गरेको हो। यो गत वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशत धेरै हो। 

images

होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले जुलाईमा उत्पादन गरेको ४ लाख ८३ हजार १ सय मोटरसाइकल तथा स्कुटरमध्ये ४ लाख ३९ हजार १ सय १८ वटा आन्तरिक बजारमा बिक्री गरेको र बाँकी ४३ हजार ९ सय ८२ वटा निर्यात गरेको छ। 

images

जुलाईमा होन्डाको अन्तरिक बजारको बिक्री वृद्धि गत वर्षको जुलाईको तुलनामा ४१ प्रतिशत र निर्यातमा ६० प्रतिशत वृद्धि देखिएको छ। 

यता हिरो मोटोकर्पका लागि २०२४ को जुलाई महिना निकै चुनौतीपूर्ण देखियो। हिरोले सो महिना ३ लाख ७० हजार ३ सय ७४ वटा मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ। यसमध्ये ३ लाख ४ हजार ३ सय ९० वटा मोटरसाइकल र २९ हजार ८ सय ८४ वटा स्कुटर रहेको छ। हिरोको मोटरसाइकल र स्कुटरको बिक्री गत वर्षको सोही अवधिको तुलनामा क्रमशः ५.६ र २.७२ प्रतिशत कम हो। 

त्यस्तै आन्तरिक बिक्रीतर्फ गत वर्षको जुलाईको तुलनामा २०२४ को जुलाईमा बिक्री ६.४३ प्रतिशतले घटेर ३ लाख ४७ हजार ५ सय ३५ वटा भएको छ। गत जुलाईमा हिरोको बिक्री ३ लाख ७१ हजार २ सय ४ वटा भएको थियो। 

यता हिरोको मोटरसाइकल तथा स्कुटर निर्यात भने बढेको छ। २०२३ को जुलाईमा २० हजार १ सय ६ वटा निर्यात भएकोमा २०२४ को जुलाईमा २२ हजार ७ सय ३९ वटा निर्यात भएको छ। 

हिरो साइकल र होन्डा १९८४ मा संयुक्त उपक्रम बनाएर अघि बढेका थिए भने २०१० मा आइपुग्दा उक्त साझेलदारी भंग गरेर दुई कम्पनी अलग भएका थिए। 

हिरो मोटोकर्पको निर्यात बढ्नुमा नेपालतर्फ निर्यात हुनु पनि हो। गत वर्ष आधिकारिक बिक्रेताको विवादका कारण नेपालमा हिरोको मोटरसाइकल आयात हुन सकेको थिएन। २०२४ अप्रिलदेखि सीजी मोटर्स हिरोको नेपालका लागि नयाँ आधिकारिक बिक्रेता नियुक्त भएसँग हिरोका मोटरसाइकल तथा स्कुटर आयात सुरु भएको हो। 

हाल सीजी मोटर्सले नवलपुरमा हिरोको एसेम्बल प्लान्ट स्थापना गरेर नेपालमै हिरोका मोटरसाइकल तथा स्कुटर एसेम्बल गरेर नयाँ ढंगले बिक्री सुरु गरेको छ। 


प्रकाशित : शनिबार, साउन १९ २०८११५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend