बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

पातारासीमा गत आवमा २६४ आयोजना सम्पन्न, १२ करोड ३६ लाख रूपैयाँ खर्च

images
शनिबार, साउन १९ २०८१
images
images
पातारासीमा गत आवमा २६४ आयोजना सम्पन्न, १२ करोड ३६ लाख रूपैयाँ खर्च

पालिकाको समग्र भौतिक प्रगति ८९ प्रतिशत भएको छ। उक्त आयोजनाका लागि १२ करोड ३६ लाख रूपैयाँ बजेट खर्च भएको छ।

images
images

जुम्ला- जुम्लाको पातारासी गाउँपालिकाले एक वर्षमा दुईसय ६४ वटा आयोजना सम्पन्न गरेको छ।

images
images

गत आर्थिक वर्ष २०८०/८१ दुई सय ६८ योजना सम्झौता भएकोमा दुईसय ६४ आयोजना उपभोक्ता समिति र ठेक्का प्रक्रियाबाट निर्माण सम्पन्न भइ सञ्चालनमा आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोकवहादुर रावलले बताए।

images
images

पालिकाको समग्र भौतिक प्रगति ८९ प्रतिशत भएको छ। उक्त आयोजनाका लागि १२ करोड ३६ लाख रूपैयाँ बजेट खर्च भएको छ। कुल योजनाको पाँच प्रतिशत रकमबाहेक अरु सबै योजना सम्पन्न गर्न पालिका सफल भएको प्रमुख प्रशासकीय अधिकृत रावलको भनाइ छ।

images
images
images

सोही आर्थिक वर्षमा दुई हजार मिटर सडक ग्राभेल निर्माण गरिएको छ। आठ हजार पाँच सय ८० मिटर ग्रामीण सडक निर्माण र १६ हजार दुई सय मिटर गोरेटो बाटो निर्माण गरेको गाउँपालिका योजना अधिकृत दानबहादुर शाहीले जानकारी दिए। गत आवमा पालिकाको विनियोजित ४४ करोड ८५ लाख रूपैयाँ बजेटमध्ये कुल बजेटको जम्मा ८१ दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ।

पुँजीगततर्फ १७ करोड ६५ लाख रूपैयाँमध्ये १२ करोड ४२ लाख रूपैयाँ अर्थात् ७० दशमलव ३४ प्रतिशत खर्च भएको छ। त्यस्तै चालुतर्फ २७ करोड २० लाखमध्ये २४ करोड ११ लाख रूपैयाँ अर्थात् ८८ दशमलव ६५ प्रतिशत खर्च भएको योजना अधिकृत शाहीको भनाइ छ।

भौगोलिक विकटता र गाउँबस्तीको आवश्यकतालाई मध्यनजर गर्दै भौतिक विकास पूर्वाधारलाई विशेष प्राथमिकता राखेर काम गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए। विकास निर्माणलाई सही रुपमा कार्यान्वयन गर्नेका लागि पालिकाले हरेक योजनाको अनुगमनलाई तीव्रता दिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ। 

पूर्वाधारको पुँजीगत खर्च ७४ प्रतिशत

पूर्वाधार विकास कार्यालय जुम्लाले गत आव २०८०/८१ मा पुँजीगत खर्च ७४ दशमलव ८६ प्रतिशत गरेको छ। कार्यालयको वार्षिक विनियोजन जम्मा बजेट ५७ करोड ३२ लाख ४२ हजार रूपैयाँमध्ये ४२ करोड ५३ लाख ४ हजार रूपैयाँ खर्च भएको छ। अर्थात् कुल बजेटको ७४ दशमलव ९३ प्रतिशत बजेट खर्च भएको पूर्वाधार विकास कार्यालयका प्रमुख पदमप्रसाद देवकोटाले जानकारी दिए।

पुँजीगततर्फ वार्षिक विनियोजित बजेट ५६ करोड ७८ लाख ८८ हजारमध्ये ४१ करोड ७७ लाख ९१ हजार खर्च भएको छ।

पुँजीगततर्फ कुल बजेटको ७४ दशमलव ८६ प्रतिशत खर्च हो। कार्यालय प्रमुख देवकोटाले भने, 'चालुतर्फ एक करोड २४ लाख ५४ हजार बजेटमध्ये ९७ लाख ४२ हजार रूपैयाँ अर्थात् ७८ दशमलव २३ प्रतिशत बजेट खर्च भएको कार्यालय प्रमुख देवकोटाको भनाइ छ।' पूर्वाधार विकास कार्यालयले जिल्लाको कनकासुन्दरी गाउँपालिका-४ स्थित भैसेडीमा हिमा नदी माथि पक्की पुल निर्माण गरेको छ। गत आवमा २ दशमलव ६३ किलोमिटर कालोपत्रे र पक्की सडक निर्माण गरिएको छ।

यसैगरी १७ दशमलव ९४ किमी सडक ग्राभेल, सडक स्तरोन्नति, नाला निर्माण तीन किमी निर्माण गरिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाले बताए।

कर्णाली प्रदेश सरकारको समानिकरण बजेटबाट जनता आवास कार्यक्रमअन्तर्गत ११ वटा र विपन्न घर कार्यक्रमअन्तर्गत नौ वटा घर निर्माण भइ सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ।

कार्यालयले तातोपानी, सिंजा र तिला गाउँपालिका गरी तीन वटा स्थानीय तहमा झोलुंगे पुल निर्माण गरेको छ। झोलुंगे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन्। रासस


प्रकाशित : शनिबार, साउन १९ २०८११३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend