बिहीबार , असोज १७ गते २०८१    
images
images

सिटिजन्स बैंकको खुद नाफा २८ प्रतिशतले घट्यो, खराब कर्जा बढ्यो

images
शनिबार, साउन १९ २०८१
images
images
सिटिजन्स बैंकको खुद नाफा २८ प्रतिशतले घट्यो, खराब कर्जा बढ्यो
images
images

काठमाडौं- गत आर्थिक वर्ष सिटिजन्स इन्टरनेशल बैंकको खुद नाफा २७.९७ प्रतिशतले घटेको छ। यस बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्ष यस बैंकले कुल १ अर्ब ३४ करोड रुपैयाँ गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

images
images
images

अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको खुद नाफा करिब ५२ करोडले घटेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यस बैंकले १३ करोड १० लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो।

जबकी अघिल्लो वर्षको चौथो त्रैमासमा यस बैंकले ६९ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्ष बैंकको ब्याज आम्दानी घटेको र खराब कर्जा बढेकाले बैंकको खुद नाफा घटेको हो। 

images

गत आर्थिक वर्ष यस बैंकले १९ अर्ब ६८ करोड रुपैयाँ ब्याज आम्दानी गरेर करिब १४ अर्ब रुपैयाँ ब्याज खर्च गरेको छ। जबकी अघिल्लो आर्थिक वर्ष यस बैंकले २० अर्ब ६६ करोड रुपैयाँ ब्याज आम्दानी गरेर १४ करोड ८३ लाख रुपैयाँ ब्याज खर्च गरेको थियो। 

images

गत वर्ष यस बैंकको खुद ब्याज आम्दाानी ५ अर्ब ६८ करोड रुपैयाँ रहेकोमा अघिल्लो आर्थिक वर्ष ५ अर्ब ८३ करोड रहेको थियो। बैंकको खराब कर्जा बढेकाले इम्पियरमेन्ट चार्ज पनि बढेको छ।

गत वर्ष बैंकले इम्पियरमेन्ट चार्जमा १ अर्ब ७६ करोड रुपैयाँ खर्च देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब २१ करोड मात्रै इम्पियरमेन्ट चार्जमा खर्च बुक गरेको थियो।

बैंकको खुद नाफा गिरावट र खराब कर्जामा वृद्धि भएसँगै नियामकीय जगेडा घट्दा बैंकको वितरणयोग्य नाफा घटेको छ। गत आर्थिक वर्ष गरेको कुल खुद नाफाबाट नियामकीय जगेडा समायोजन गर्दा बैंकसँग ५९ करोड रुपैयाँ वितरणयोग्य नाफा बचेको छ भने यसमा गत वर्षको सञ्चित नाफासँग समायोजन गर्दा बैंकसँग कुल वितरणयोग्य नाफा ६१ रकोड ६१ लाख रुपैयाँ रहेको छ।

सबै वितरणयोग्य नाफा बाड्ने हो भने बैंकका लगानीकर्ताले प्रतिकित्ता ४ रुपैयाँ ३४ पैसा लाभांश प्राप्त गर्ने अवस्था रहेको छ। अघिल्लो आर्थिक अन्त्यसम्म ३.३९ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.०७ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको आधार दर १०.५१ प्रतिशतबाट घटेर ८.२६ प्रतिशतमा आइपुगेको छ।


प्रकाशित : शनिबार, साउन १९ २०८१०९:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend