बुधबार, असोज १६ गते २०८१    
images
images

सीजी मोटर्सले कार र भ्यानपछि ल्यायो ठूलो विद्युतीय बस

आयो सनलङका २६ सिटे विद्युतीय बस

images
आइतबार, साउन २० २०८१
images
images
सीजी मोटर्सले कार र भ्यानपछि ल्यायो ठूलो विद्युतीय बस

सनलङको लजिस्टिक भ्यानदेखि ६-७ मिटर, ८-९ मिटर सिटी र टुरिस्ट बस र १०-१२ मिटरको सिटी र टुरिस्ट बस उत्पादन गर्दै आएको छ।

images
images

काठमाडौं- विद्युतीय सवारीमा आक्रामक देखिएको सीजी मोटर्सले अर्को नयाँ ब्रान्ड भित्र्याएको छ। कम्पनीले ठूला विद्युतीय बस उत्पादन गर्ने ब्रान्ड सनलङका बस नेपाली बजारमा ल्याएको हो। 

images
images
images

सीजी मोटर्सले हालसम्म एक दर्जन चिनियाँ विद्युतीय सवारी उत्पादक ब्रान्ड भित्र्याइसकेको छ। प्यासेन्जर कार र भ्यान तथा माइक्रोबसहरू ल्याएको कम्पनीले २६ सिट क्षमताको ठूला विद्युतीय बस पनि ल्याएको छ। 

निजी कारमात्र होइन सार्वजनिक यातायातमा पनि विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गइरहेको छ। छोटो तथा मध्यम रुटका साथै स्कुलहरूले पनि विद्युतीय माइक्रोबस तथा भ्यान प्रयोगलाई व्यापक बनाउँदै लगेका छन्। 

images

हालसम्म बिक्रीका लागि ११ देखि १९ सिटसम्मका विद्युतीय माइक्रोबस उपलब्ध रहे पनि अब भने २४ तथा २६ सिटसम्मका विद्युतीय बस बिक्रीका लागि आउन थालेका छन्। सीजी मोटर्सले सनलङ बस ल्याएको छ भने स्पार्क अटोमोटिभ्सले सिनोट्राकको २४ सिटे विद्युतीय बस ल्याएको छ। त्यस्तै शशिला मोटर्सले भेन्चे ब्रान्डको २४/२५ सिट क्षमताको विद्युतीय बस ल्याउनेगरि आधिकारिक बिक्रेताको सम्झौता गरिसकेको छ। 

images

नेपाली बजारमा लुम्बिनीमा सञ्चालन गर्नेगरी बीवाईडीका ठूला विद्युतीय बस आयात भएको थियो। त्यसपछि सुन्दर यातायातले आयात गरेको दुई वटा ठूला विद्युतीय बस काठमाडौंको रिङरोडमा चलिरहेका छन्। साझा यातायातले सीएचटीसीका ४० वटा विद्युतीय बस ल्याएर उपत्यकाको विभिन्न रुटमा सञ्चालन गरिरहेको छ। 

अन्य रुटहरूमा पनि ठूला विद्युतीय बस चल्ने सम्भावना देखिएपछि कम्पनीहरूले चीनबाट विभिन्न ब्रान्डका ठूला विद्युतीय बस ल्याउन थालेका हुन्। सीजी मोटर्सले ल्याउन लागेको सनलङ बस चीनको सांघाईमा रहेको कम्पनी हो। 

यो कम्पनी २००१ मा स्थापना भएको र सुरुमा डिमलर एजीसँगको साझेदारीमा सवारी उत्पादनमा केन्द्रित भएको थियो। सनलङ बसको पहिले सांघाई शेनलोङ बस कम्पनी लिमिटेड थियो भने अहिले यो कम्पनीको नाम गुवाङसी शेनलङ अटोमोबाइल म्यानुफ्याक्चरिङ कम्पनी लिमिटेड हो। 

२००४ फेब्रुअरीदेखि सनलङ बसले सवारी निर्यात गर्नेगरी उत्पादन थालेको थियो। यो कम्पनीले भ्यानदेखि मिनिबस हुँदै टुरिस्ट बससम्म उत्पादन गर्दै आएको छ। विभिन्न कम्पनीसँगको साझेदारीमा प्लेटफर्म सेयरिङ गरेर सनलङले बस उत्पादन गर्दै आएको छ। 

सनलङको लजिस्टिक भ्यानदेखि ६-७ मिटर, ८-९ मिटर सिटी र टुरिस्ट बस र १०-१२ मिटरको सिटी र टुरिस्ट बस उत्पादन गर्दै आएको छ। बसहरू र कमर्सियल सवारी उत्पादन गर्ने सनलङ बसले एसिया, युरोप तथा अस्ट्रेलियालगायतमा सवारी निर्यात गर्दै आएको छ। 

यस्तो छ बसको विवरण 

मोडल- एचक्यूके ६६०२ यूबीईभीएन १ 

प्रकार- विद्युतीय सिटी बस

लम्बाई- ६ हजार ५ एमएम

चौडाई- १८ सय ७५ एमएम

उचाई २५ सय २४/२७७४ एमएम

कर्ब वेइट- २९ सय ५०/३१ सय ५० केजी

अधिकतम गति- ६९ किलोमिटर प्रतिघण्टा

रेन्ज- २ सय ९० किलोमिटर 

ब्याट्री सिस्टम इनर्जी डेनसिटी (डब्लूएच/केजी)- १ सय ५७

ब्याट्री- लिथियम अइरन फोसफेट

मोटर- १ सय ३० किलोवाट

सीजी मोटर्सले यो विद्युतीय बस ४४ हजार ५ सय ६६.५५ अमेरिकी डलरमा खरिद गरेर ल्याएको छ। यो विद्युतीय बसको नेपाली बजार मूल्य ८५ लाखदेखि ९० लाख रुपैयाँ तोकिने अनुमान गरिएको छ। तत्काललाई परीक्षण प्रयोजनका लागि ल्याइएको सनलङ बसका विद्युतीय बस केही समयपछि सीजी मोटर्सले बिक्रीका लागि ल्याउने छ। 

कमर्सियलतर्फ सीजी मोटर्सले हाल केवाईसीको ११ सिटे र किङलङको १३ सिटदेखि १९ सिटसम्मका विद्युतीय माइक्रोबस आयात गर्दै आएको छ। 

सीजी मोटर्स निटा, जीएसी, एक्सपाङ, स्मार्ट, ह्वाजी, डायुन, किङलङ, केवाईसी चिनियाँ विद्युतीय सवारी ब्रान्डको आधिकारिक बिक्रेता हो। आईसी इन्जिनमा भारतीय दुई पांग्रे सवारी हिरो मोटोकर्पको आधिकारिक बिक्रेता २०२४ अप्रिलदेखि सीजी मोटर्स नियुक्त भएको थियो। 


प्रकाशित : आइतबार, साउन २० २०८११२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend