शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

मान्छेलाई आक्रमण गरेको बाघलाई हात्तीसहित टोली परिचालन गरी नियन्त्रणमा लिइयो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १८ २०८१
images
मान्छेलाई आक्रमण गरेको बाघलाई हात्तीसहित टोली परिचालन गरी नियन्त्रणमा लिइयो

बिहीबार रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले बाघलाई उखुबारीमै पहरा दिएका थिए। बाघलाई नियन्त्रणमा लिन पाँचवटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको हो।

images
images

कञ्चनपुर- कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघलाई नियन्त्रणमा लिइएको छ। दोधारा चाँदनी नगरपालिका-२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो। 

images
images
images

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिएको हो।

images
images

बिहीबार बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा बाघले दोधारा चाँदनी-२ की २३ वर्षीया हिरा शाहमाथि आक्रमण गरेको थियो। उनको घट्नास्थलमै मृत्यु भएको थियो। 

images
images

बिहीबारदेखि नै बाघलाई नियन्त्रणमा लिने प्रयास गरिए पनि आज मात्र सम्भव भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए। 'बाघलाई बर्दिया पठाउने तयारी गरिरहेका छौँ', उनले भने।

बिहीबार रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले बाघलाई उखुबारीमै पहरा दिएका थिए। बाघलाई नियन्त्रणमा लिन पाँचवटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको संरक्षण अधिकृत ऐरले बताए। रासस 


प्रकाशित : शुक्रबार, साउन १८ २०८११५:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend