काठमाडौं- आउँदो आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको छ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।
'आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ' गृहको सूचनामा भनिएको छ।