मंगलबार, मंसिर ११ गते २०८१    
images
images

मोतिहारी-बारा-अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १८ २०८१
images
images
मोतिहारी-बारा-अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइप लाइन जडानकार्य पनि अन्तिम चरणमा पुगेको छ। परियोजनामा सरकारको १ अर्ब ५४ करोड तथा भारत सरकारको ६० करोड रुपैयाँ लगानी छ।

images
images

जनकपुरधाम- नेपाल-भारत सहयोगमा निर्माणाधीन मोतिहारी-बारा-अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ। नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ। 

images
images
images

निगमको मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायका अनुसार मोतिहारी-अमलेखगञ्ज पेटोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको मुख्य ट्याङ्की चार हजार एक किलोलिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण पूरा भएको तथा अन्य प्राविधिक काम दुई महिनाभित्र सम्पन्न गर्नेगरी द्रुतगतिमा भइरहेको छ। 

images

पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइप लाइन जडानकार्य पनि अन्तिम चरणमा पुगेको छ। परियोजनामा सरकारको १ अर्ब ५४ करोड तथा भारत सरकारको ६० करोड रुपैयाँ लगानी छ। रासस

images


प्रकाशित : शुक्रबार, साउन १८ २०८१०९:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend