मंगलबार, मंसिर ११ गते २०८१    
images
images

कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब, ऋण लगानी ११ अर्ब ५१ करोड

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १८ २०८१
images
images
कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब, ऋण लगानी ११ अर्ब ५१ करोड

११ अर्ब ५१ करोड ६४ लाख ९७ हजार ९ सय ४० ऋण लगानी गरेका सहकारीको जगेडा कोषमा ७१ करोड ४२ लाख ६८ हजार रुपैयाँ रहेको छ।

images
images

कर्णाली- सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका ३ सय ११ सहकारीको पुँजी १५ अर्ब रुपैयाँ पुगेको छ।

images
images
images

दश जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन गरेका सहकारीको पुँजी १५ अर्ब रुपैयाँ रहेको रजिष्ट्रार खुमप्रसाद सुवेदीले जानकारी दिए। ती सहकारीको सेयर पुँजी १ अर्ब ७५ करोड ३८ लाख ३३ हजार १ सय ४२ रुपैयाँ हुँदा बचत ८ अर्ब १९ करोड ४४ लाख ९३ हजार ८ सय ३२ रुपैयाँ छ।

images

११ अर्ब ५१ करोड ६४ लाख ९७ हजार ९ सय ४० ऋण लगानी गरेका सहकारीको जगेडा कोषमा ७१ करोड ४२ लाख ६८ हजार रुपैयाँ रहेको उनले बताए। 

images

रजिष्ट्रार सुवेदीले सहकारीबाट यहाँका एक हजार पाँच सय जनशक्तिले रोजगारी प्राप्त गरेको बताए।

कर्णालीमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय, उपभोक्ता, जडीबुटी, तरकारी बीउ उत्पादन, सामाजिक उद्यमी, विद्युत्, उर्जा सोलार, मौरीपालन, सञ्चार, साना किसान, स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण, निर्माण मजदुर, दुग्ध, घरेलु, शैक्षिकलगायत सहकारी सञ्चालनमा रहेको सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतले जनाएको छ।

सुर्खेतका एक सय दुई, दैलेखका ३७, जुम्लाका ३४, कालीकोटका ३२, जाजरकोटका २७, सल्यानका २५, रुकुमपश्चिमका २३, हुम्लाका १५, मुगुका ११ र डोल्पाका पाँच सहकारी भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन रहेका उनले बताए। रासस 


प्रकाशित : शुक्रबार, साउन १८ २०८१०९:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend