बिहीबार , असोज १७ गते २०८१    
images
images

फेदीखोला हाइड्रोमा वाणिज्य बैंकले ५० करोड ऋण लगानी गर्ने

images
बिहीबार , साउन १७ २०८१
images
images
फेदीखोला हाइड्रोमा वाणिज्य बैंकले  ५० करोड ऋण लगानी गर्ने

कुल लागत ९४ करोड रहेको यस आयोजनामा ४४ करोड स्वपुँजी लगानी गर्ने कम्पनीले जनाएको छ।

images
images

काठमाडौं- फेदीखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ।

images
images
images

फेदीखोला हाइड्रोपावर कम्पनी प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच बिहीबार ४.३ मेगावाटको फेदीखोला (थुम्लुङ) आयोजनामा ऋण लगानी गर्ने सम्झौता भएको हो। वाणिज्य बैंकका पूर्वाधार बैंकिङ विभाग प्रमुख दामोदर ज्ञावाली र फेदीखोला हाइड्रोका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार कम्पनीले भोजपुरको साल्पासिलिछो गाउँपालिका-६ मा निर्माण गरिरहेका फेदीखोला आयोजनामा ५० करोड रूपैयाँ राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्नेछ। 

images

कुल लागत ९४ करोड रहेको यस आयोजनामा ४४ करोड स्वपुँजी लगानी गर्ने कम्पनीले जनाएको छ।

images

कम्पनीका अनुसार यही साउनको अन्त्यसम्ममा कम्पनीलाई प्राइभेट लिमिटेडबाट लिमिटेडमा परिवर्तन गरी स्वपुँजीको ४४ करोडको ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ निष्कासन यो आवभित्रमा गरिने लक्ष्य रहेको छ।

२०८२ असोजभित्र सम्पन्न हुने यस आयोजनाका लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहुँचमार्ग निर्माण, गोदाम घर, आवास गृह आदिको निर्माण सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।

अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ।


प्रकाशित : बिहीबार , साउन १७ २०८११७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend