मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

सुशासन समितिमा गृहमन्त्रीले भने - मुद्दा कसैको रहरमा होइन कानूनबमोजिम चल्छ

images
बिहीबार , साउन १७ २०८१
images
images
सुशासन समितिमा गृहमन्त्रीले भने - मुद्दा कसैको रहरमा होइन कानूनबमोजिम चल्छ

'फाइल खोल्ने भन्या के हो? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानूनबेगर चल्छ?', गृहमन्त्रीले भने।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्वमध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन्।

images
images

बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा उनले लोकतन्त्रमा कानूनबेगर मुद्दा चल्न नसक्ने बताए।

images
images

'फाइल खोल्ने भन्या के हो? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानूनबेगर चल्छ? रहरमा मुद्दा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानूनबमोजिम चल्छ भन्ने मेरो आग्रह छ,' उनले भने, 'कुनै मुद्दा चलेको छ भने छट्न पनि कानूनबमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो।'

images
images
images

सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाइ थियो। 'यो विषयलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु,' उनले भने, 'समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु।'

त्यसैगरी, प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उनले बताए। 'कर्मचारीको सरुवा र बढुवा हुन्छ। कहिलेकाहीँ सामान्यतया अवधि तोकेको हुन्छ तर कहिलेकाहीँ अवधिभन्दा पहिले पनि हुन्छ,' मन्त्री लेखकले भने, 'जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नुभएको छ किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि, प्रहरी राम्रो बनाउनु पर्‍यो। अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो?'

उनले यो प्रक्रियालाई सामान्य रुपमा लिन आग्रहसमेत गरे। रासस


प्रकाशित : बिहीबार , साउन १७ २०८११५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend