बिहीबार , असोज १७ गते २०८१    
images
images

आन्तरिक राजस्व कार्यालय भरतपुरको राजस्व लक्ष्यभन्दा २६ प्रतिशत कम

images
बिहीबार , साउन १७ २०८१
images
images
आन्तरिक राजस्व कार्यालय भरतपुरको राजस्व लक्ष्यभन्दा २६ प्रतिशत कम

आयकरका लागि विभागले दुई अर्ब ९६ करोड रूपैयाँ लक्ष्य तोकेको थियो। कार्यालयले दुई अर्ब ६३ करोड राजस्व संकलन गरेको छ। आन्तरिक राजस्व कार्यालय भरतपुरको

images
images

चितवन- आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व संकलन गरेको छ। कार्यालयलाई विभागले २७ अर्ब ९९ करोड ८७ लाख रूपैयाँ लक्ष्य तोकेकामा २६ प्रतिशत कम अर्थात २० अर्ब ५६ करोड ७२ लाख २२ हजार रूपैयाँमात्र राजस्व संकलन भएको हो।

images
images
images

कार्यालय प्रमुख निरन भट्टराईका अनुसार विगतका वर्षमा सोही अनुपातमा राजस्व संकलन हुने गरेको थियो। विभागले लक्ष्य बढाउने तर राजस्व संकलनको दर उही रहँदा लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए।

उनका अनुसार गत आवमा आयकरतर्फ लक्ष्यको ८८ प्रतिशत मात्र राजस्व संकलन भएको छ। आयकरका लागि विभागले दुई अर्ब ९६ करोड ३८ लाख रूपैयाँ लक्ष्य तोकेको थियो। कार्यालयले दुई अर्ब ६३ करोड १६ लाख राजस्व संकलन गरेको छ।

images

यस्तै मूल्य अभिवृद्धि करतर्फ लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको छ। विभागले दुई अर्ब ३३ करोड ७२ लाख रूपैयाँ लक्ष्य तोकेकामा एक अर्ब ९५ करोड २२ लाख रूपैयाँ संकलन भएको प्रमुख भट्टराईले जानकारी दिए।

images

कार्यालयका अनुसार अन्तः शुल्कमा लक्ष्यको ६९ प्रतिशत राजस्व संकलन भएको छ। विभागले २२ अर्ब ३४ करोड ४१ लाख लक्ष्य तोकेकामा कार्यालयले १५ अर्ब ९८ करोड ८२ लाख रूपैयाँ संकलन गरेको हो। बहाल करतर्फ ६६ प्रतिशत प्रगति भएको छ। ६० करोड पाँच लाख लक्ष्य दिइएकोमा ४० करोड ३४ लाख रूपैयाँ राजस्व संकलन भएको भट्टराईले बताए।

प्रमुख भट्टराईका अनुसार आर्थिक मन्दीका कारण अन्तः शुल्कमा वृद्धि हुन नसक्दा लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो। उनले भने, 'लक्ष्य तोकिए पनि विगत तीन वर्षदेखि संकलनको दर उस्तै हुँदा लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो।'

बजारमा पैसा नआउनु र जनताको क्रय शक्तिसमेत कम हुनुले राजस्व वृद्धि नभएको उनको भनाइ छ। देशमा रोजगारीका अवसर सिर्जना हुन नसक्नु र युवाशक्ति विदेश पलायन हुनु राजस्व वृद्धि हुन नसक्नुको कारण हुनसक्ने उनको अनुमान छ। उनले भने, 'घर जग्गा कारोबार कम हुँदा पनि राजस्व संकलनमा कमी आएको हो।'

कार्यालयमा गत आगमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने एक लाख ४६ हजार र व्यावसायिक लेखा नम्बर लिने ५७ हजार नौ सय १९ जना रहेका छन्। रासस


प्रकाशित : बिहीबार , साउन १७ २०८११४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend