शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

नवलपुरमा २५ अर्ब ४४ करोड रूपैयाँ राजस्व संकलन

images
बिहीबार , साउन १७ २०८१
images
नवलपुरमा २५ अर्ब ४४ करोड रूपैयाँ राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तशुल्कतर्फ २४ अर्ब २१ करोड रूपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

images
images

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २५ अर्बभन्दा बढी राजस्व संकलन भएको छ। आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार रूपैयाँ राजस्व संकलन गरेको हो।

images
images
images

आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तशुल्कतर्फ २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार रूपैयाँ राजस्व संकलन गरेको जनाएको छ। कार्यालयले गत आवमा आयकरतर्फ ६७ करोड ४६ लाख १७ हजार रूपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ४२ करोड ३१ लाख ३९ हजार रूपैयाँ, ब्याज छ करोड ९२ लाख ९२ हजार रूपैयाँ, स्वास्थ्य सेवातर्फ तीन करोड ९२ लाख ८८ हजार रूपैयाँ, घर बहालतर्फ एक करोड ९२ लाख ८४ हजार र अन्य दुई लाख ४१ हजार रूपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए।

images
images

आव २०८०/८१ मा कार्यालयलाई ३७ अर्ब ४१ करोड १५ लाख ५४ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य प्राप्त गरेको थियो। उक्त लक्ष्यको आधारमा गत आवमा ६८ दशमलव ०२ प्रतिशत राजस्व संकलन भएको उनले बताए। आव २०७९/८० को तुलनमा गत आवमा कम राजस्व संकलन भएको उनको भनाइ छ। 

images
images

आव २०७९/८० मा २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार रूपैयाँ राजस्व संकलन भएको थियो। गत आवमा अन्तशुल्कतर्फ मात्र ३६ अर्ब रूपैयाँ राजस्व संकलनको लक्ष्य प्रदान गरिएको थियो। 

खपत बढ्ने अनुमानका साथ धेरै लक्ष्य राखिएकामा अर्थतन्त्रमा आएको संकुचनले गर्दा अन्तशुल्कको संकलनमा कमी आएको सूचना अधिकारी सुवेदीले बताए। 'जिल्लामा राजस्व संकलनको ठूलो हिस्सा अन्तशुल्कको रहेको छ। यसमा माग बढेर खपत धेरै हुँदा मात्र राजस्व धेरै हुने हो, सोचे अनुसार खपत नहुँदा राजस्वको लक्ष्य प्राप्ति गर्न सकिएन', उनले भने, 'लक्ष्यअनुसार राजस्व संकलन नभए पनि तुलनात्मक रुपमा यो सकारात्मक परिणाम हो।' रासस


प्रकाशित : बिहीबार , साउन १७ २०८११३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend