शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

images
बिहीबार , साउन १७ २०८१
images
कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

हिउँदमा आन्तरिक पर्यटक बढी आउने गरेका छन्। सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य पर्यटकबाट उठेको हो।

images
images

सुनसरी- कोसी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष २०८०/८१ मा ४० लाख १४ हजार सातसय ९४ रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार आक्षमा जंगल सफारी, परापर्यटक, वनपैदावार, जंगल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट ४० लाख १४ हजार सात सय ९४ रूपैयाँ राजस्व संकलन गरेको हो। सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य पर्यटकबाट उठेको हो।

images
images

आव २०७९/८० मा कार्यालयले ३९ लाख ९४ हजार चार सय आठ रूपैयाँ राजस्व संकलन गरेको थियो।

images
images

हिउँदमा आन्तरिक पर्यटक बढी आउने गरेका छन्। आरक्ष पूर्वी क्षेत्रका शैक्षिक प्रतिष्ठानका विद्यार्थीको प्रमुख शैक्षिक भ्रमणस्थल बनेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका पर्यटकले सातसय ५० अन्य देशका आगन्तुकले एक हजार पाँच सय रूपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ। उक्त रकम तिरेपछि १२ घण्टा घुम्न पाइन्छ।

आरक्षको प्रचाप्रसार गर्नसके अझ धेरै पर्यटक कोशीटप्पु आउने होटल व्यावसायी महासंघ कोशी प्रदेशका महासचिव वासुदेव बरालले बताए। विभिन्न प्रजातिका चरा, अर्ना, गैँडा, हात्ती आरक्षका प्रमुख आकर्षण हुन्। रासस


प्रकाशित : बिहीबार , साउन १७ २०८११०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend