शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर बजारमा लगातार हरियाली, उतारचढाव सकिएर उकालो यात्रा

तीन दिनमा १५५.४५ अंकले बढ्यो

images
मंगलबार, पुस २० २०७८
images
सेयर बजारमा लगातार हरियाली, उतारचढाव सकिएर उकालो यात्रा
images
images

काठमाडौं- यो साताको सेयर बजारमा कारोबारका तीन दिन नै बजार बढेको छ। आइतबार र सोमबार दुई दिनमा ९२.४४ अंकको सुधार देखिएको बजार मंगलबार ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा पुगेको छ। 

images
images
images

आइतबार ६०‍.४१ अंकले बढेर २५८४.९१ बिन्दुमा पुगेको परिसूचक सोमबार ३२.०३ अंकले बढेर २६१६.९४ मा पुगेको थियो। गएको साता ४ अंकले मात्रै बढेको बजारमा यो साताको तीन दिनको कारोबारले राम्रो संकेत गरेको छ। तीन दिनमा गरेर बजारमा १५५.४५ अंकको सुधार देखिएको छ। 

images
images

मंगलबार ४ अर्ब ३२ करोड रूपैयाँको कारोबार भएको छ। जहाँ १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको मूल्य घटेको छ।३ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएन।  

images
images

नेप्सेका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूह र अन्य उपसमूहबाहेक सबै उपसमूहको परिसूचकमा मंगलबार हरियाली छाएको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ५.२३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकिङ्ग, वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधनको ०.५९ प्रतिशत र अन्य उपसमूहको परिसूचक  ०.३४ प्रतिशत घटेको छ।

मंगलबार तीन कम्पनीहरुको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत कम्पनी रहेका छन्। त्यस्तै, नेपाल एसबिआई बैंक र सिन्धु विकास बैंकको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। ग्लोबल आइएमई बैंक, किसान लघुवित्त, मल्टीपर्पस फाइनान्स, फस्ट माइक्रोफाइनान्स र सिटिजन्स बैंकको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

मंगलबार कारोबार रकमका आधारमा १४ करोड ७७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेर नेपाल बङ्गलादेश बैंक पहिलो स्थानमा रहेको छ। त्यस्तै, नबिल बैंक, अपि पावर, हिमालयन डिष्टिलरी र अपर तामाकोशीको १० करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

तरलता अभावको विषयमा हुने सम्बोधनको पर्खाइ र बैंकको ब्याजदर स्थिर रहन्छ कि बढ्छ भन्ने जस्ता विषयमा अन्योल भइरहे पनि बजारको सुधारले लगानीकर्ताहरूमा उत्साह देखिएको छ। यो साताको तीन दिनको सुधारले अब बजारले गति लिने संकेत देखाएको विश्लेषकहरू बताउँछन्। 

केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेर अहिले सुधार देखिन थालेकाले अब विस्तारै बढ्ने बताइरहेका छन्। माघ लागेपछि अहिलेको गति अझ बढ्ने उनीहरूको विश्लेषण छ। 

यसअघि बजारमा देखिएको उतारचढावलाई सेयर विश्लेषकहरूले बजारमा करेक्सन हुने क्रम रहिरहेको बताएका थिए। केही सय अंक बढेपछि केही अंक घट्नु स्वभाविक भएको उनीहरूको भनाइ थियो। यो साता तीन दिनको कारोबारले भने उतारचढावको क्रमबाट बजार अघि बढ्ने देखिएको छ। 

नेपाल राष्ट्र बैंकले आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने तथा स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै बजारमा सुधार देखिन थालेको हो। 


प्रकाशित : मंगलबार, पुस २० २०७८०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend