शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १७ २०८१
images
चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

आयोजना पूरा भएपछि तिलाका दुई सय ६० परिवार लाभान्वित हुनेछन्। तिला-६ बाट रारागाउँ मुहानसम्म १५ किलोमिटर लामो संरचना निर्माण गर्नुपर्नेछ।

images
images

जुम्ला- तिला गाउँपालिका-१ रारागाउँमा चार करोड रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ। गत आर्थिक वर्षमा पालिकाले ६ करोडको ठेक्का आह्वान गरेकामा ४ करोड रुपैयाँमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ। 

images
images
images

गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईँका अनुसार तीन वर्षभित्रमा आयोजना पूरा गर्नुपर्नेछ। पहिलो चरणमा आयोजनाका निम्ति आवश्यक पर्ने सामग्री खरिद गर्न सुरु भएको छ।

images
images

आयोजनाका लागि संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत १ करोड ५० लाख रुपैयाँ प्राप्त भएको थियो। आयोजनाका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बाट ९५ लाख र पालिकाले १ करोड १० लाख रुपैयाँ व्यहोर्नेछ। 

images
images

गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार आयोजना पूरा भएपछि तिलाका दुई सय ६० परिवार लाभान्वित हुनेछन्। तिला-६ बाट रारागाउँ मुहानसम्म १५ किलोमिटर लामो संरचना निर्माण गर्नुपर्नेछ। 

यसैबीच, कनकासुन्दरी गाउँपालिका-४ स्थित भैसेडी भएर बग्ने हिमा नदीमा पक्की पुल निर्माण भएको छ। पुल निर्माणसँगै यातायातका साधन पनि सञ्चालनमा आएका छन्।

पूर्वाधार विकास कार्यालयले उक्त पुल मूल्यअभिवृद्धि करसहित ४ करोड ३२ लाख ६३ हजारमा निर्माण गरेको हो। यो पुल ३० मिटर लामो छ। रासस


प्रकाशित : बिहीबार , साउन १७ २०८११०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend