शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

झापामा एक हजार एक सय १० उद्योग दर्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १७ २०८१
images
झापामा एक हजार एक सय १० उद्योग दर्ता

वाणिज्यतर्फ दुई सय ७८ फर्मले पुँजी वृद्धि गर्दा पाँच अर्ब एक करोड १० लाख ५० हजार रुपैयाँ भएको छ।

images
images

भद्रपुर- आर्थिक वर्ष २०८०/८१ झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन्।

images
images
images

घरेलु  तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ छ सय २९ र वाणिज्यतर्फ चार सय ८१ फर्म दर्ता भएका हुन्।

images
images

उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार दुई सय ८८ उद्योग खारेज हुँदा एक हजार सात सय आठ उद्योगले नवीकरण गरेका छन्। 

images
images

गत आवमा दुई सय ४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी तीन अर्ब २८ करोड रुपैयाँले बढेको थियो। वाणिज्यतर्फ दुई सय ७८ फर्मले पुँजी वृद्धि गर्दा पाँच अर्ब एक करोड १० लाख ५० हजार रुपैयाँ भएको छ।

उक्त कार्यालयले गत आवमा दुई करोड ६८ लाख ९० हजार सात सय ५० रुपैयाँ राजस्व संकलन गरेको थियो। आव २०७९/८० मा एक करोड ८० लाख छ हजार रुपैयाँ संकलन भएको थियो। रासस


प्रकाशित : बिहीबार , साउन १७ २०८११०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend