काठमाडौं- नेपला आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि निगमले बिहीबारदेखि लागु हुने गरी मूल्य समायोजन गरेको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको छ।
मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १ सय ५८ रुपैयाँ कायम भएको छ।
यता हवाई इन्धन र एलपी ग्याँसको मूल्य बढेर आएपनि हाललाई यथावत राखिएको निगमले उल्लेख गरेको छ।