शनिबार, असोज ५ गते २०८१    
images
images

सडक सञ्जाल नजोडिँदा हुम्लामा सहुलियत चामलकै भर

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २० २०७८
images
images
सडक सञ्जाल नजोडिँदा हुम्लामा सहुलियत चामलकै भर
फाइल तस्बिर

देशभरका ७७ जिल्लामध्ये सदरमुकाम सडक सञ्जालमा जोडिन बाँकी एक मात्रै जिल्लामा हुम्ला छ।

images
images

काठमाडौं- 'हुम्लीले अनुदानको चामल पाएकैभरमा खाद्यका कर्मचारी र प्रमुख जिल्ला अधिकारीलाई भगवान् कहिलेसम्म मानिरहने?' प्रतिनिधिसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद् रङ्गमती शाहीले पटक पटक यही प्रश्न सदन र समितिमा उठाउँदै आएकी छिन्। 

images
images
images

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा जुनसुकै सडकसम्बन्धी छलफल भए पनि उनी कणार्ली करिडोर खुलिसक्न अझै लामो समय लाग्ने जनाउँदै आएकी छिन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले करिडोर चालू आवभित्रै खुलाइसकिने बताउँदै आए पनि उनको यसमा विश्वास छैन। दुल्लीकुना-लालीबगर खण्डमा चट्टानै चट्टान भएकाले खुलाउन लामो समय लाग्ने उनको भनाइ छ।

सात किमी लम्बाइको सो खण्ड पूरै नेपाली सेनालाई दिँदा मात्रै दुई वर्षमा सकिने उनको भनाइ छ। उनले भनिन्, 'सडक विभागले खुलाउँदा पाँच/सात वर्षै लाग्नसक्छ।'

देशभरका ७७ जिल्लामध्ये सदरमुकाम सडक सञ्जालमा जोडिन बाँकी एक मात्रै जिल्लामा हुम्ला छ। जिल्लाको पनि सडक पुगेका र नपुगेका क्षेत्रका मानिसको जनजीवन धेरै फरक भएको उनले बताइन्। अन्यत्र सदरमुकाम भनेपछि सुगम ठानिए पनि सडकमा नजोडिएकाले सिमकोट अझै दुर्गम भएको छ।

images

सडक पुगेका ठाउँका मान्छे मसिनो चामल खाने गरे पनि सदरमुकामकै जनता सहुलियत चामलको आशा गर्नुपरेको छ। सडक सञ्जालमा जोडिन बाँकी भएकै कारण स्थानीयवासीले शिक्षा, स्वास्थ्यलगायतमा समेत असर परिरहेको सांसद् शाहीले बताइन्। उनले भनिन्, 'यहाँका मानिस सामान्यदेखि गम्भीर समस्या आउँदा एम्बुलेन्स चढेर उपचार गर्न पाइरहेका छैनन्।'

राष्ट्रिय गौरबको सो करिडोर हिल्सा-सिमकोट ९५ किमी र सिमकोट-सरिसल्ला ५० किमी गरी १४५ किमी रहेको छ। हिल्सा- सिमकोट सडकको ट्र्याक खुलाइसकिएको छ। सो सडकमा छ्याछारा भीरको ग्रेड मिलाइसकिएपछि सिमकोटबाट चीनको सीमानामा पर्ने हिल्सा पुग्न सकिनेछ।

पचास किमी रहेको सिमकोट-सरिसल्ला सडकको ४० किमी ट्र्याक हिल्सा-सिमकोट सडक योजनाले खुलाइसकेको छ। ट्र्याक खुलाउन बाँकी १० किमी लालीखोला भीरदेखि स्यालटारे पर्छ। अप्ठेरो चट्टानी भागमा खुलाउन बाँकी रहेको छ। यसमध्ये अप्ठेरो सात किमी सेनालाई जिम्मेवारी दिइएको थियो। तीन किमी सडकमा अहिले सडक र अस्थायी बेलिब्रिज निर्माण व्यवसायीमार्फत निर्माण भइरहेको छ।

मन्त्रिपरिषद्को गत असोज ५ गतेको निर्णयबाट थप दुई खण्डको जिम्मेवारी सेनालाई दिइएको थियो। दुल्लीकुना-लालिबगर सात किमी र घाटपारीचौर-बद्रिगाउँ-भुक्काखोला १३ दशमलव पाँच किमी सेनाले गर्ने सेनाको विकास निर्माण निर्देशनालयका प्राविधिक सहायक रथी कमलविक्रम शाहले बताए। सो स्थानभन्दामा आठ सयमिटर माथिबाट सडक रहेको छ।

त्यहाँ १८ किमी सडक छ भने नयाँ ट्र्याक नदी नै नदीबाट जाने उनले बताइन्। चालू आवमा कालीकोट जिल्लाको खुलालुदेखि सरिसल्लासम्म विभिन्न स्थानमा पहिरो रहेकामा त्यसलाई हटाइसकिएको प्राविधिक सहायक रथी शाहले बताए। हुम्लामा नै दुल्लीकुनाबाट लालीबगर सडक खण्डमा सुनाखाडा इलाका क्याम्प स्थापना गर्ने र तीन किमी ट्याक खोल्ने काम सुरु भएको उनले बताए। 

दुई वर्षभित्रमा ट्र्याक सम्पन्न गर्ने लक्ष्य रहेको सेनाले जनाएको छ। घाटपारीचौर-बद्रिगाउँ-भुक्काखोला खण्डअन्तर्गत बाजुराको भुक्काखोला इलाकामा ट्याक निर्माण सुरु गरिएको छ।

भौगोलिक रुपमा विकट र कठीन भूवनोटका कारण निर्माण अघि बढाउनु समस्याका रुपमा रहेको प्राविधिक सहायक रथी शाहले बताए। सरिसल्लाामा हुम्ला कर्णाली नदीमा पुल नभएकाले निर्माण सामग्रीको उपलब्धता तथा ढुवानीमा कठिनाइ भएको छ। उनले भने, 'निर्माण सामग्री, उपकरण तथा हेभिइक्युप्मेन्ट हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने अवस्था छ।' 

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको टोली करिडोरको स्थलगत अवलोकनका लागि गत कात्तिक ११ गते पुगेको थियो। 

सांसदलाई पनि स्थानीयवासीले बाँकी खण्डमा निर्माणको जिम्मेवारी सेनालाई नै दिन भनेको सांसद शाहीले जानकारी दिए। सेनाले ६ वटा बेलिब्रिज निर्माण गत आवभित्रै सम्पन्न भइसकेको छ। विगतमा खोलिसकिएको हिल्सा-सिमकोट सडक योजनालाई गत  असार ३१ मै हस्तान्तरण गरेको थियो।  

हिल्सा-सरिसल्ला खण्डअन्तर्गत हेप्का, ताग्रु, सल्ली र यङ्गार गरी चार पुल निर्माणाधीन छन्। खार्पुनाथमा पक्की पुल र छारे लेप्चेमा दुई बेलिब्रिजको ठेक्का सम्झौता भइसकेको छ। सेनाले हस्तान्तरण गरिसकेको सडकमा सुधारका काम सडक विभागको योजना रहेको भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठले बताए।

उनका अनुसार सडक चौडा तथा सुधार र पक्की पुलका लागि बजेट विनियोजन भएर ठेक्काको तयारी भइरहेको छ। कर्णाली करिडोरको सुरुको विन्दु कालीकोटको खुलालु र अन्तिम विन्दु हुम्लाको सरिसल्ला रहेको छ। कालीकोट ४० किमी, बाजुरा ४४ किमी र हुम्ला ३८ दशमलव ७५ किमी छ। रासस


प्रकाशित : मंगलबार, पुस २० २०७८०९:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend