शनिबार, भदौ २९ गते २०८१    
images
images

सडक अवरोध हटाउन बागमतीमा विज्ञसहितको द्रुत प्रतिकार्य टोली

images
बुधबार, साउन १६ २०८१
images
images
सडक अवरोध हटाउन बागमतीमा विज्ञसहितको द्रुत प्रतिकार्य टोली

उक्त टोलीले अन्तरनिकाय समन्वय गर्ने, विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने, प्रचलित कानूनको अधिनमा रही कार्यक्षेत्रगत शर्तहरुको कार्यान्वयन गर्ने पनि जनाइएको छ।

images
images

मकवानपुर- बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभित्रका सडकमा विपद्‌बाट हुनसक्ने अवरोध तुरुन्त हटाउने उद्देश्यले विज्ञसहितको द्रुत प्रतिकार्य टोली गठन गरेको छ।

images
images
images

भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले मन्त्रालयले विज्ञको सहायता लिने गरी भौतिक पूर्वाधार विकास निर्देशनालयका निर्देशकको संयोजकत्वमा पाँच जनाको द्रुत प्रतिकार्य टोली गठन गरी परिचालन गरेको जानकारी दिए।

सवारी चाप भएका सडकमा वर्षादजन्य तथा प्राकृतिक विपद्का कारण आपत्कालीन आवागमनसमेत अवरुद्ध हुने र न्यूनतम सूचना प्रवाह तथा समन्वयको अभावमा वैकल्पिक पहुँचमार्ग पहिचान र सञ्चालन गर्न नसक्दा सर्वसाधारणले सास्ती भोग्दै आएको मन्त्रालयले जनाएको छ।

मन्त्री मास्केले सो टोलीले अवरुद्ध मुख्य प्रादेशिक सडकहरुको निरन्तर पहिचान गर्ने, सूचना सम्प्रेषण गर्ने, वैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रूपमा अवरुद्ध सडक यथाशीघ्र स्रोतसाधन प्रयोग गरेर छिटो सुचारू गर्ने बताए।

images

उक्त टोलीले अन्तरनिकाय समन्वय गर्ने, विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने, प्रचलित कानूनको अधिनमा रही कार्यक्षेत्रगत शर्तहरुको कार्यान्वयन गर्ने पनि जनाइएको छ। रासस


प्रकाशित : बुधबार, साउन १६ २०८११६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend