बिहीबार , असोज १७ गते २०८१    
images
images

बाढीले कुश्माका ४५ घर जोखिममा

images
बुधबार, साउन १६ २०८१
images
images
बाढीले कुश्माका ४५ घर जोखिममा

कुश्माबजारको जिरो किमी भन्दामाथि रहेको गजौटेखोलामा आएको गेग्र्यानसहितको बाढीले पुरिएपछि सिंगो बस्ती नै जोखिममा परेको हो।

images
images

पर्वत- गएराति आएको भीषण वर्षापछिको बाढीका कारण सदरमुकाम कुश्माका ४५ घर जोखिममा परेका छन्। 

images
images
images

कुश्माबजारको जिरो किमी भन्दामाथि रहेको गजौटेखोलामा आएको गेग्र्यानसहितको बाढीले पुरिएपछि सिंगो बस्ती नै जोखिममा परेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार कुश्मा नगरपालिका-४ का वडाध्यक्ष दिनेश श्रेष्ठसहित गंगाराज परियार, वीरबहादुर परियार लगायतका १२ घरमा बाढी पसेर क्षति पुर्‍याएको हो भने अन्य घर जोखिममा परेका हुन्।

समयमै घरका बासिन्दा सुरक्षित स्थानमा सरेका कारण मानवीय क्षति हुन नपाएको प्रहरी निरीक्षक भुवन बरामले जानकारी दिए। स्थानीय शिवलाल सार्कीका अनुसार जिरोकिमी, नारायणस्थान र दलित बस्तीका गरी ४५ भन्दा बढी घर जोखिममा परेका छन्। बाढीले हरेक घरका आँगन, पिँढी र कोठा ढुंगामाटोले पुरिएका छन्। 

images

तत्काल ढुंगामाटो नहटाउने हो भने फेरि पर्ने वर्षाले घर जुनसुकै बेला पनि भत्किने जोखिम बढेको सार्कीले बताए। बाढीका कारण भू-तथा जलाधार व्यवस्थापन कार्यालय पनि उच्च जोखिममा परेको छ। लेदोसहितको बाढीले कार्यालयको प्रांगण पूरै पुरिएको छ भने घेराबार र सडकमा समेत क्षति पुगेको छ। कार्यालयमा जाने सडकसमेत गएरातिदेखि अवरुद्ध बनेको कार्यालयका लेखापाल गौरबदास बैरागीले जानकारी दिए। त्यसले गर्दा सेवाग्राही कार्यालयमा जान समस्या भएको छ।

images

यसैगरी सोही खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्ग समेत पुरिएको छ। गएराति ९ बजेदेखि अवरुद्ध बनेको सडक १२ बजे एकतर्फि खुलाइएको थियो। ठूलो मात्रामा थुप्रिएको ढुंगामाटो नपन्छाएसम्म दुईतर्फी सञ्चालन गर्न कठिनाइ भइरहको र अहिले एकतर्फीरुपमा सवारी साधन आवतजावत गरिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सीताराम ओझाले जानकारी दिए।

कुश्मा-३ दुर्लुङ जाने सडक खनेपछि यो ठाउँ बाढीको जोखिममा पर्दै आएको हो। बर्सेनि बर्खायाममा बाढीले सताउने भए पनि दीर्घकालीन नियन्त्रणको योजना नबनाउँदा सिंगो बस्ती नै त्रसित बनेको छ। कुश्मा-४ का वडाध्यक्ष दिनेश श्रेष्ठले बाढीका कारण आफूसहित उक्त बस्तीका अधिकांस परिवार समस्यामा परेको बताए। बाढीले जोखिम निम्तिएपछि रातभर बस्तीका बासिन्दा जाग्राम बसेका थिए।

यो समस्या समाधानका लागि करोडौँ बजेट आवश्यक पर्ने श्रेष्ठले बताए। नगरप्रमुख रामचन्द्र जोशीले बस्ती संरक्षणका लागि तत्काल योजना बनाएर काम गर्नुपर्ने अवस्था रहेको बताए।

उनले नगरपालिकाको बजेटले मात्र दिर्घकालीन समाधानको योजना बनाउन नसकिने भन्दै प्रदेश र संघीय सरकारसँग बजेट माग गर्ने तयारीमा रहेको बताए। जिरो किमिदेखि दलित बस्तीसम्मको खोला किनारलाई व्यवस्थित गर्दै बाढीको सहज निकासका लागि वैकिल्पक ठाउँ खोज्नुपर्ने पनि उनले बताए। रासस


प्रकाशित : बुधबार, साउन १६ २०८११५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend