शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

नेवाद्वारा बागलुङमा दुई वर्षमा एक हजार ८१५ धारा जडान

images
बुधबार, साउन १६ २०८१
images
images
नेवाद्वारा बागलुङमा दुई वर्षमा एक हजार ८१५ धारा जडान
फाइल तस्बिर

नेवाले ग्रामीण भेग र सहरी क्षेत्रमा एक घर एक धारा जडानलाई तीव्र गतिमा अघि बढाएको छ। नेवाको सहयोगमा १९ हजार एक सय १८ जनाले शुद्ध खानेपानी सुविधा पाएका छन्।

images
images

बागलुङ- नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ। दुई वर्षको अवधिमा उक्त संस्थाले ती धारा जडान गरेको हो।

images
images

खानेपानीको अभाव झेलिरहेका ढोरपाटन नगरपालिका, निसीखोला, बडिगाड, तमानखोला गाउँपालिकाका साथै बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका बासिन्दालाई स्वच्छ पेयजलको व्यवस्था उक्त संस्थाले गरेको हो।

images
images

नेवाले ग्रामीण भेग र सहरी क्षेत्रमा एक घर एक धारा जडानलाई तीव्र गतिमा अघि बढाएको छ। नेवाको सहयोगमा १९ हजार एक सय १८ जनाले शुद्ध खानेपानी सुविधा पाएका छन्।

images
images
images

आर्थिक वर्ष २०७९/०८० मा नेवाले जिल्लाको निसीखोला, तमानखोला, बडिगाड, ताराखोला, ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका जैमिनी नगरपालिकाको ३० स्थानमा आयोजना सञ्चालन गरेको थियो।

तीस वटा आयोजना सम्पन्न गर्न नेवाले छ करोड २० लाख पाँच हजार सात सय २५ रूपैयाँ, पालिकाहरुको एक करोड ६४ लाख ९५ हजार नौ सय १४ रूपैयाँ, उपभोक्ताबाट ३४ लाख ८३ हजार पाँच सय १२ रूपैयाँ र दुई करोड पाँच लाख १२ हजार तीन सय १२ रूपैयाँ बराबरको श्रमदान भएको थियो। रासस


प्रकाशित : बुधबार, साउन १६ २०८११४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend