शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १७२ को मृत्यु

images
बुधबार, साउन १६ २०८१
images
images
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १७२ को मृत्यु

सो अवधिमा जम्मा तीन सय नौवटा सवारी दुर्घटना भएका थिए। दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको छ।

images
images

कैलाली- आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ।

images
images

सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिए।

images
images

उनका अनुसार सवारी दुर्घटनामा परी गम्भीर र सामान्य गरी पाँच सय ३६ जना घाइते भएका छन्। जम्मा तीन सय नौवटा सवारी दुर्घटना भएका थिए। दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको उनले जानकारी दिए। 

images
images
images

उनका अनुसार दुई सय सात मोटरसाइकल, ५० जिप/कार, ४० ट्र्याक्टर, २४ बस, १७ टेम्पो, १९ ट्रक/ट्यांकर, नौ टिप्पर, सात माइक्रो, तीनवटा डोजर र ३० अन्य सवारी साधन गरी चार सय छ वटा सवारी साधन दुर्घटना भएका थिए। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनको भनाइ छ। गत आवमा छ हजार छ सय २६ वटा जनचेतनामूलक कार्यक्रम गरेको तथा उक्त कार्यक्रमबाट तीन लाख ८९ हजार दुई सय ६६ जना लाभान्वित भएका छन्।

गत आवमै ट्राफिक नियम उल्लंघन गर्ने ७३ हजार चार सय ७९ जना सवारी चालक कारबाहीमा परेको र उक्त कारबाहीबाट चार करोड ८९ लाख ८७ हजार राजस्व संकलन भएको प्रवक्ता उप्रेतीले जानकारी दिए।

'मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, तीव्र गति, चालकको लापरबाहीलगायत कारणले बढी दुर्घटना हुने गरेको पाइएको छ', उनले भने, 'अघिल्लो वर्षको तुलनामा नियम उल्लंघन गर्नेको सङ्ख्या घटेको छ। दुर्घटनाको सङ्ख्या भने घट्न सकेको छैन। ज्यान गुमाउनेको सङ्ख्या घटेको छ।'

आर्थिक वर्ष २०७९/८० मा दुई सय ५५ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको थियो। सो आवमा सामान्य र गम्भीर गरी चार सय ७३ जना घाइते भएका थिए। ट्राफिक नियम उल्लंघन गर्ने एक लाख १२ हजार छ सय ५५ सवारी चालक कारबाहीमा परेका थिए। उक्त कारबाहीबाट छ करोड ४३ लाख ७२ हजार राजस्व संकलन भएको थियो। रासस


प्रकाशित : बुधबार, साउन १६ २०८१११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend