शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

कुलिङ उपकरणको खपत बढ्दै, एसी र फ्रिजरको आयात ५० प्रतिशतले बढ्यो

images
बुधबार, साउन १६ २०८१
images
कुलिङ उपकरणको खपत बढ्दै, एसी र फ्रिजरको आयात ५० प्रतिशतले बढ्यो

भन्सार विभागको तथ्यांकअनुसार ग्रामीण र न्यून मध्यमवर्गभन्दा उच्च वर्गको आम्दानी समूहमा पर्ने घर परिवारले यस्ता कुलिङ उपकरणको खपत बढी गरेका छन्।

images
images

काठमाडौं-  आर्थिक वर्ष २०८०/८१ मा चिस्यान उपकरणको आयातमा वृद्धि भएको छ। घरयासी कुलिङ उपकरणको आयात अघिल्लो वर्षको तुलनामा उच्च वृद्धि भएको हो। 

images
images
images

बिजुलीको विस्तार र विश्वसनीयतामा सुधार भएसँगै यस्ता उपकरणको खपत तथा आयातमा वृद्धि देखिएको हो। नेपालमा उत्पादन नहुने भएकाले यस्ता उपकरणको आयात हुन्छ। 

images
images

भन्सार विभागको तथ्यांकअनुसार ग्रामीण र न्यून मध्यमवर्गभन्दा उच्च वर्गको आम्दानी समूहमा पर्ने घरपरिवारले यस्ता कुलिङ उपकरणको खपत बढी गरेका छन्। 

images
images

सामान्य फ्यानको वृद्धिदर अघिल्लो वर्षको तुलनामा सामान्य हुँदा एसीको आयात भने उच्च वृद्धि देखिएको छ। 

आर्थिक वर्ष २०७९/८० मा ७६ हजार ४०४ वटा वाल तथा सिलिङ एसी आयात भएको थियो। कुल २ अर्ब ७८ करोड ९५ लाख रुपैयाँको यस्ता एसी आयात भएको थियो। 

२०८०/८१ मा भने यस्ता एसीको आयात १ लाख १२ हजार ८८५ वटा एसी आयात भएका छन्। एसीको आयात ४७ प्रतिशतले बढेको छ। गएको वर्ष एसी आयातमा कुल ३ अर्ब ९३ करोड रूपैयाँ बाहिरिएको छ। यस्ता एसीको खपत घरपरिवार बाहिर व्यावसायिक प्रतिष्ठाणमा धेरै खपत हुँदै आएको छ। होटल, रेष्टुरेन्ट, कर्पोरेटमा यस्ता उपकरणको प्रयोग धेरै हुन्छ। 

एसीको तुलनामा फ्यानको आयात भने न्युन वृद्धिदर देखिएको छ। सामान्य घरपरिवार तथा कामचलाउ प्रकृतिको काममा यस्ता फ्यानको उपयोग हुन्छ। बर्सेनि हुने आयातको आकडामा उल्लेख्य वृद्धि भएको छ। 

आर्थिक वर्ष २०८०/८१ मा १८ लाख ७२ हजार ३२८ वटा फ्यान आयात भएको छ। जसका लागि १ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको थियो।

अघिल्लो वर्ष भने १७ लाख ३१ हजार ९७७ वटा आयात भएको थियो। जसका लागि १ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको थियो। 

त्यस्तै घरयासी रेफ्रिरेजेरेटरको आयातमा पनि उच्च वृद्धि देखिएको छ। २०८०/८१ मा घरयासी फ्रिजर २ लाख ५९ हजार २४० वटा आयात भएका छन्। यसका लागि ४ अर्ब २६ करोड १४ लाख रुपैयाँ खर्च भएको छ। 

२०७९/८० को तुलनामा यो ५१ प्रतिशतको वृद्धि हो। २०७९/८० मा  १ लाख ७१ हजार १२८ वटा फ्रिजर आयात भएको थियो। जसका लागि २ अर्ब ८७ करोड रुपैयाँ बाहरिएको थियो। 


प्रकाशित : बुधबार, साउन १६ २०८१११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend